script

Satellites, Our Space in Space

भू-उपग्रह, अन्तरिक्षमा हाम्रो स्थान

Illustration of Kibo pod releasing cubesats. (Note- This image from NASA is manipulated for artistic purpose)
                                  scroll down for full script

.

.

यस एपिसोडको पाहुना

Abhas Maskey (image-IG)

Abhas Maskey is an aerospace engineer /scientist and his current work mainly involves satellites. He is doing his PhD in Kyushu Institute of Technology, Japan, where he is BIRDS-3 satellite project manager and responsible for Nepal’s first satellite, Nepalisat-1.

>>>>>>>>>>

.

Full script

(written by Subash Thebe)

>>>>>>>>>>>>>>

“Attention! Now we have successfully entered its orbit, and will gradually dropped down, to the lowest altitude, of approximately, 400km, above its surface. Please head to exhibition chamber for, panaromic view. Thank you!”

एक

दुइ

तिन

म सानो छदा चोट लागेर बेस्कन रुदा होस् या स्कूलमा कुनै कार्यक्रममा भाग लिनु अघि anxiety र nervousness ले छोपेको बेला होस्, मेरो बोजुले मेरा दुइ हात समाई १/२ गन्दै लामो सास फेर्न लाउनु हुन्थ्यो।

आज जति लामो सास फेरे पनि केहि नपुगे जस्तो, हावा मा oxygen कमि भए जस्तो, उफ,,,,

हाम्रो expedition को अन्तिम दिन, आज गरे भने गरे नत्र यो मौका मैले फेरी पौने छुइन, यतिका समय अनि मेहेनतलाई म खेर जान दिन्न, आफैले आफैलाई encourage गर्दै बिस्तारी escape module तिर अगाडी बढ्छु ।

“Hey! Are you serious?” पछाडी बाट आवाज़ आउछ। म फर्केर हेर्छु, कुसुम हतारिदै म तिर बढछिन् ।

“Please don’t do this, हेर तिमीलाई त्यहाको बारे केई थाहा छैन, एउटा रेडियो सिग्नल को भरमा you want to risk your life?”, रिस, बिन्ति अनि सायद अलि कति माया मिसिएको स्वरमा कुसुम प्रश्न गर्छिन। म केई नबोली अघि बढछु, उनि पछि पछि कराउदै आउछिन, “हेर त्यो सिग्नल पाको नि अहिले हो र? अब त्यो पठाउने हरु पनि का पुगेर के भैसके होला। त्यै माथि त्यहाँ जानलाई हाम्रो एजेन्सी को legal procedure हरु छदैछ त, मैले पैले नि भनेको, I will help you if you go through legally भनेर “

उफ… यो कुसुमको सानै देखि बाठी हुनुपर्ने बानी चै कैले गएन, म मनमनै सोच्छु ।

पछितिर फर्की वरिपरि अरु कोइ छ कि भनि हेर्छु, यो section मा उ र म बाहेक कोइ नभएको पक्का गरि म उसलाई सोध्छु, “यो भन्दा ठुलो स्वरले कराउन सक्दैनौ? सारालाई सुनाएर मेरो प्लान बर्बाद गर्ने बिचार छ तिम्रो?”

मेरो रिस देखेर कुसुम नरमाइलो अनुहार बनाउछिन, म अलि cool भएर भन्छु, “हेर, एजेन्सीले approve गर्ने भए म उहिले कोशिस गर्थे, मलाई थाहा छ they will never approve it । त्यहाँ को बाताबरण प्रतिकुल छ रे, हामीले सम्पर्क गर्न कुनै फाइदा छैन रे, थाहा छ? मलाई सधै अचम्म लाग्थ्यो – कसरी त्यो ठाउँ एक्कासी सुनसान भयो? कसरी एक-सा-एक हाम्रो सम्बन्ध टुट्यो? कसरी त्यो ठाउँ inaccessible, unworthy, अनि hostile भयो? तर जब मैले त्याबाट encrpypted signal पाए, I don ‘t believe this agency anymore.”

Escape module तिर अघि बढ्दै म भन्छु, ” अनि रह्यो कुरा legality को, तिमीलाई थाहा भएकै कुरा हाम्रो Agency नि कुनै दिन illegal थियो, बाकी कुरा तिमी आफै बुझ।”

“तिम्लाई थाहा छ, if you go, you may never come back, र आए पनि एजेन्सी ले तिम्लाई दुख नदि छोडदैन बुझ्यौ? ” हामी Escape module को airlock gate मा पुग्छौ, कुसुम airlock gate को password entry pad लाई छेकेर भन्छिन, “please, don’t do this “

म उसलाई बलजफ्ती हटाएर password type गर्छु,

 airlock gate खुल्छ,

उसले मेरो हात समातेर तान्छ, म उसलाई धकेलेर gate भित्र छिर्छु,

अब उ मेरो खुट्टा पक्डेर मलाई तानिराछ।

Airlock खोलेको status central navigation team मा तु-का-तु पुग्छ, पर बाट २ जना security दौडदै यता तिर आउछन।

“कुसुम, please मलाई जान देउ, I’m going to close this gate. Please!”

“Hey stop! Stop it there” security दौडदै मैले बन्द गरेको airlock gate मा आएर ठोकिन्छ।

कुसुम मेरो खुट्टा छोडेर जुरुक्क उठ्छिन, केहि बोल्दिनन्, एक्कासी मेरो गालामा एक punch गर्छिन, “This is the last time I’m coming with you.” उनी भन्छिन्। बेस्कन दुखे पनि I can’t help smiling.

Escape vehicle activate नगर्नु भन्ने एजेन्सी कमान्डर को warning आउदै गर्छ, हामी escape module लाई spaceship बाट detach गर्छौ । MD020199 escape vehicle लाई हामी orbital decay गराएर बिस्तारै निलो atmosphere  तिर तल झार्छौ।

“कुसुम, तिमी ready?” she smiles “yep, ready as ****”

एक (लत्थिक)

दुइ (नेच्छी)

तीन (सुम्सी)

चार (लिसी)

>>>>>>>>

यो अंतरिक्ष हो र म सुबास थेबे लिम्बु।

यो podcast मा हामी बिज्ञान, सामाजिक सरोकारका बिसय र काल्पनिक बिज्ञान साहित्य सम्बन्धी कुरा गर्नेछौ

यसमा मुलतः हामीले बर्तमानमा परिस्थितिमा भोगिरहेका, अनुभव गरिरहेका परिदृश्य र समस्याहरुलाई speculative fiction अथवा अनुमानमा आधारित बिज्ञान साहित्यको सहयोगले भबिस्य मा यस्ता समस्याहरुले कस्तो रुप लिन्छ भनेर विचार बिमर्श गर्नेछौ।

आजको कार्यक्रममा हामीसंग aerospace engineer तथा बैज्ञानिक आभास मास्के हुनुहुन्छ र हामी आज भू-उपग्रह, र यस पछाडिको बिज्ञान अनि प्रबिधि सम्बन्धि कुरा गर्नेछौ।

तपाईहरुले नेपालको पहिलो भू-उपग्रह प्रक्षेपन भयो भनेर सुनिसक्नु भयो होला, कति चाख लाग्दा अनि कति सनसनी पूर्ण खबर नि पढ्नु भो होला, कति अनलाइन समाचारले ‘like’ बढाउन भने कति नेताले राजनीतिक स्वार्थको लागि तथ्य भन्दा परका दावी पनि गरे होलान। तर हाम्रो यो एपिसोडमा नेपाली मेडियामा प्राय जसो पाइने सनसनी पूर्ण खबर भन्दा टाढा र बिज्ञान अनि प्रबिधि संग नजिक रहेर, भू-उपग्रहबारे र बिशेष गरी neaplisat-१ बारे कुरा गर्ने छौ।

सबै भन्दा पहिले सानो update 

आभास जी संग अन्तरबार्ता गर्दा, नेपलिसत-१ international space station मा नै थियो, तर जून १७ तारिक स्टेशन बाट ओर्बित मा छोडिएको छ।

 NepaliSat-1🇳🇵Raavana-1 🇱🇰 Uguisu🇯🇵being released from ISS on 17 June 2019.
Image – NASA Astronaut Nick Hague

गत अप्रिल १६ तारिक नेपाली नया बर्ष ताका Cygnus यानमा अमेरिकाको Wallops Island, Virginia बाट Antares रकेटमा पहिलो नेपाली भू-उपग्रह प्रक्षेपन गरियो। जापान को Kyushu Institute of Technology को BIRDS satellite project अन्तर्गत, NAST, Nepal Academy of Science and technology को संलग्नतामा र नेपाल सरकारको लगानीमा यो भू-उपग्रह कार्यक्रम सम्भव भएको हो। जापानले यस BIRDS satellite प्रोजेक्टमा बिशेषत अन्तरिक्षमा पहुँच नभएका राष्ट्रहरुलाई satellite project मा संलग्न गराउन पहल गर्छ। यसपाली को BIRDS 3 प्रोजेक्टमा नेपाल, श्रीलंका अनि जापान सम्मिलित छ। नेपालको तर्फ बाट बैज्ञानिक द्वय आभास मास्के र हरिराम श्रेष्ठ हुनुहुन्छ भने, आभास मास्के नेपालको पर्तिनिधित्व संगसंगै, यो BIRDS 3 कै project manager पनि  हुनुहुन्छ।

मेरो नाम आभास मास्के, अहिले म PhD गर्दै छु Kyushu Institute of Technology, Japan मा, मेरो अहिले पढाई चै aerospace engineering मा specifically satellite मा गर्दैछु।मेरो पढाई चै aerospace engineering भएता पनि, कस्तो हुन्छ भने aerospace engineering मा चै दुइटा भाग छ, एउटा astronautics र एउटा चै aeronautics ।Aeronautics चै air breathing engines हरुकोमा पर्ने भयो, astronautics चै तपाइको spaceships हरु, rockets हरु, anything to do with space चै तपाइको astronautics मा पर्ने भयो।

Nepali sateliite or cubesat, Nepalisat-1 (image courtesy- madeinepal.space)
image- Abhas Maskey

नेपालको पहिले भू-उपग्रहको निर्माण अनि प्रक्षेपनमा संलग्न मात्र नभई यो सबै BIRDS -३ project को अगुवाई गर्दा तपाइलाई कस्तो अनुभव भैराको छ?

Its very surreal है, मैले कस्तो भो भने, मैले कैले पनि सोच्या थिन कि, Kyutech मा apply गर्दा खेरि नेपालको पहिलो satellite बनाउछु, त्यो पनि सोच्या थिन कि मैले lead आफै गरेर यो project लाई lead गर्छु भनेर, अब एक किसिम ले खुशी पनि लागेको छ किन भने project management को सिक्नु पनि पाए तर एक किसिम ले अफ्ठ्यारो, आफ्नै किसिमको अफ्ठ्यारो पनि छ, किन भने तपाइको आफ्नो subsystem design, मात्रै पनि, हेर्नु पर्यो, त्यसपछि सब्बै यो project team लाई पनि manage गर्नु पर्यो, timeline पनि हेर्नु पर्यो अनि सबै responsibilities पनि हेर्नु पर्यो । एक किसिमले there were many times कि एकदम difficult भएर पनि जान्थ्यो, तर कस्तो भने, एउटा problem, नया problem आयो त्यल्लाई solve गर्यो अर्को नया problem आयो त्यल्लाई solve गर्यो, त्यो गर्दा गर्दा खेरि चै confidence बढ्दै जाने रैछ र I am very very happy पनि, हैन, आफ्नो personal growth पनि देखे मैले तर सबैभन्दा testing कुरा अब आउदैछ क्या, अब म त खुसि भए कि यो project चै चल्यो भनेर तर satellite चल्दिएन भने, Its end of the game के, त्यसैले एक त म Im very happy तर Im very cautiously optimistic अनि अलिकति cautiously pessimistic पनि छु किन भने satellite चल्दिएन भने worst case के हो त, भन्ने हाम्ले अगाढी, त्यसरी नै सोची पनि सक्यो र अब main कुरा चै यो satellite चल्दिनु पर्यो । यो satellite चल्दियो भने Its a domino effect क्या, अब हाम्ले future म गर्न खोजेको idea हरु implement गर्न सजिलो हुन्छ, ‘हेर्नुस हामीले त satellite बनायौ अब चै यो funding ल्यानु पर्यो यसको लागि, यसको लागि चै हाम्रो यस्तो छ, हाम्रो vision यस्तो छ’ भनेर मान्छेहरु ले पत्याउछ पनि। तर तपाइको satellite चल्दिएन भने पत्याउने अवस्था आउदैन र मलाई काम गर्न चै अफ्ठ्यारो हुन्छ त्यल्ले गर्दा खेरि चै पहिला यो satellite चलोस्, operation phase म जावोस, त्यसपछि चै राम्रै planning गर्न सक्छौ भन्ने चै मेरो विचार छ ।

नेपालको पहिलो भू-उपग्रह nepalisat-1 एउटा cubesat हो, तर यस बारे कुरा गर्नु अघि यो cubesat भनेको के भनेर कुरा सुरु गर्दा ठिक होला

CUBESAT

अब यो cubesat के हो त भनेर question सोद्धा खेरि, खासमा standard मात्रै हो क्या। कस्तो भैदियो भन्दा खेरि, rocket मा हाल्दा खेरि satellite को sizes हरु matters के, किन भने तपाइको त्यै अनुसारको satellite चै कहाँ राख्ने rocket मा भन्ने हुन्छ। अनि समस्या के पर्दियो भने हरेक university ले आ-आफ्नो तरिकाको satellite हरु बनाउने भयो, एउटा स्तान्दर्द भैदियेना क्या। अब standard हुनेबित्तिकै के सजिलो हुन्छ भने rocket मा चै राख्न सजिलो हुन्छ क्या, तपाइको ठाउँहरु निकाल्न सजिलो हुन्छ, volume constraint भयो भने volume अनुसार सजिलो हुन्छ। अब कसैले चै rectangular बनाउला, कसैले चै square बनाउला, कसैले के बनाउला, so त्यो नहोस भनेर cubesat standard अगाढी बढाको हो। यो चै सुरुमा कसले ल्यायो भन्दा खेरि प्रोफेसर Jordi Puig-Suari, वहा चै Cal Poly को हुनुहुन्छ, हुनु हुन्थ्यो, अब वहा अहिले retire हुनु भो, त्यसपछि प्रोफेस्सोर Bob Twiggs, Stanford को, दुइ जना ले चै यो १९९९ मा cubesat भन्ने standard लिएर आउनुभो।

अब यो cubesat के हो त? cube र satellite को mixture भयो के। cube भन्दा खेरि 10x10x10 cm को, र १ किलो, 1.33 किलोग्रम्स हो खास standard मा लेखेको, तर roughly १ किलोको size मा हुन्छ त्यो, अनि त्यल्लाई चै one unit satellite भन्छ क्या, 1U भन्छ । अब तपाइले ठुलो बनाउदा खेरि कसरि बनाउने त भनेर सोच्दा खेरि चै त्यल्लाई नै multiply गर्दै जाने हो क्या।

अब त्यो launch गरेर के गर्छ भने पैले चै International space station पुग्छ, International space station मा कार्गो भएर जान्छ अनि International space स्टेशन बाट astronauts हरुले literally हाम्रो satellite लाई बोकेर चै release, एउटा release pod छ Kibo pod भन्ने छ, त्यहाँ बाट चै release गर्ने वाला छ ।

मानब निर्मित भू उपग्रह ले काम गर्नु अघि केहि जटिल समस्याहरु पार गर्नु पर्ने हुन्छ, जस्तो कि प्रक्षेपन गर्दा को कम्पन देखि लिएर अन्तरिक्षमा हुने अत्यन्त कठोर परिस्थिति को सामना। अन्तरिक्ष solar अनि cosmic radiation ले भरिपुर्ण छ, संयोगले पृथ्वीको electromagnetic field ले यी radiation हरु लाई रोक्ने अनि आफ्नो magnetic आकारमा कैद गरेर राखेको हुन्छ, जसलाई van Allen belt भनेर नि चिनिन्छ। यसले हाम्रो बायुमण्डललाई जोगाएर पृथ्वीमा हाम्रो अस्तित्व लाई बचाएको छ, नत्र यहाँ को बाताबरण मंगल ग्रहको भन्दा कुनै फरक हुदैन थियो। तर हामी जति जति माथि जान्छौ पृथ्वीको electromagnetic field कम्जोर हुदै जान्छ अनि radiation को खतरा उति उति बढ्दै जान्छ।

हामीले चै के गर्छ भने first मा चै radiation को कुरा आयो, radiation मा चै van Allen belt भन्ने छ क्या, unfortunately हामीले low earth orbit मा हामीले पठाउदा खेरि त्यो belt बाट जाने रैछ, radiation हरुमा, अनि त्यागर्दा खेरि चै high intensity को radiation हरु satellite ले लिने भयो। त्यसमा चै single events हरु हुन सक्ने अवस्था सक्छ, single event upsets भन्छ यल्लाई, SEU । त्यसमा चै तपाइको satellite मा अब reset हुने आफै radiation ले गर्दा खेरि, अनि satellite को क्यामरामा त्यो pixel हरु damage हुदै जाने, त्यो देखिन्छ, तर त्यस्तो सतेल्लिते लाई चै लोङ्ग टर्म मा असर हुने, जस्तो कि, २/३/४ वर्षा मा असर चै हुन्छ, तर satellite  आफैको life time short हुने भएकोले radiation चै त्यति हामीले we don ‘t have to worry too much भनौ न एक किसिमले।

A cutaway model of the radiation belts with the 2 Van Allen Probes satellites flying through them. The radiation belts are two donut-shaped regions encircling Earth, where high-energy particles, mostly electrons and ions, are trapped by Earth’s magnetic field. This radiation is a kind of “weather” in space, analogous to weather on Earth, and can affect the performance and reliability of our technologies, and pose a threat to astronauts and spacecraft. The inner belt extends from about one to eight thousand miles above Earth’s equator. The outer belt extends from about 12 to 25 thousand miles. This graphic also shows other satellites near the region of trapped radiation. Credit: NASA

Radiation अथवा विकिरणले भू-उपग्रहलाई कसरि असर गर्छ भनेर त थाहा पायौ तर यसको लागि अन्तरिक्ष नगई यहाँ पृथ्वीमा कसरि परिक्षन गर्ने?

radiation को test हरु कसरि गर्छ भने हाम्ले, full system मा radiation test चै गर्दैनौ subsystem level को radiation test चै गरेको हुन्छ, जस्तो कि processor लाई radiation environment मा राखेर त्यलाई total ionising dose भन्ने हुन्छ, जति dose त्यले २ बर्षमा पाउनु पर्ने हो radiation dose त्यो हाम्ले एकै चोटी दिन्छौ, र एकै चोटी दिएपछि चै त्यले काम गर्छ कि गर्दैन भन्ने हाम्ले चेकक गर्छौ।

Number २ मा चै लोङ्ग रंगे टेस्ट भन्छ, यो चै कस्तो हो भने एउटा मोउन्तैन को माथि गएर चै हाम्ले सिग्नल चै सतेल्लिते लाई राख्छौ र ग्रोउन्द स्टेशन बाट सिग्नल पठाएर सतेल्लिते ले रेस्पोंद गर्छ कि गर्दैन भनेर हामीले चेकक गर्छौ।

अब के भईदिन्छ भने space मा चै temperature differenece sunlit area र non -sunlit area मा एकदम vast छ क्या, अनि त्यो वास्त temparature difference ले गर्दा खेरि चै के भईदिन्छ भने, satellite ले त्यो temperature difference मा काम गर्न सक्छ कि सक्दैन भनेर check गर्नु पर्ने हुन्छ र vacuum environment पनि हुनु पर्यो र thermal environment पनि हुनु पर्यो अनि हनीले चै एउटा chamber बनाको छौ यहाँ, त्यल्लाई चै thermal vacuum chamber भन्छ र हामीले चै certain cycles, तातो-चिसो तातो-चिसो गरेर हामीले ४ दिन ५ दिन सम्म हामीले vacuum environment मा हामीले check गर्छौ satellite लाई। nepalisat -१ पनि त्यसरी नै test गरेको हो हामीले, र हामीले समस्या चै देखेनौ हाम्रो देसिग्न मा।

रकेटमा तपाइको राख्दा खेरि के भैदिंचा भने, रकेट को जुन चै vibration छ, अब तपाइको अहिले हाम्ले use गरिराको चै सब्बै ऐले यो propulsion system भनु न, liquid र solid propulsion system चै very noisy क्या,,,,

जस्तै यो space X को Falcon heavy को आवाज,

अथवा अहिले सम्मकै शक्तिशाली रकेट इन्जिन Saturn V,

I am not sure how cubesats were tested for acoustic tolerance but could not help sharing this image of Orion spacecraft surrounded by large speakers for extreme noise tolerance. Image- nasa.

ध्वनि या आवाज उर्जाको एउटा रुप हो, शक्तिशालि अवाजले हाम्रो कानको जाली मात्र होइन झ्यालको सिसा, अनि पर्खाल पनि भत्काउन सक्छ। रकेट प्रक्षेपन हुदा इन्जिनबाट उत्पन्न हुने आवाजले रकेट र वरिपरि का संरचना बिगार्न भत्काउन  सक्छ, यो गड्गडाहट लाई कम गर्न हाम्रो पृथ्वीमा प्रसस्त पाईने पदार्थ प्रयोग गरिन्छ। – पानी!

यदि तपाइले रकेट प्रक्षेपनको video नियालेर हेर्नु भो भने, इन्जिन सुरु हुनु केहि सेकेन्ड अघि प्रक्षेपन पेड बाट पानि का फोहोरा हरु निस्केको देख्नु सक्नुहुन्छ। मूलतः जब इन्जिन बाट अत्याधिक आवाज अनि shock wave निस्कन्छ, त्यो ध्वनि उर्जा भुइमा ठोकेर इन्जिन र रकेट स्वयम्लाई क्षति पुर्याउनु को सट्टा पानीको फोहोरामा धेरै खपत हुन्छ। Sound suppression system भनिने यो प्रबिधि मा ४१ सेकेन्डमा 1,100,000-लिटर पानी फालिन्छ जसले आवाजकम गर्नु को साथै नजिकका संरचनालाई आगजनी बाट सम्रक्षन पनि गर्छ। प्रक्षेपन स्थलमा देखिने बिशाल धुवाको मुस्लो धुवा नभई मुलतः पानीको तातो बाफ या बादल हुन्। यसबारे हामीले एपिसोडको वेब साइटमा video लिंक राखेका छौ, समय मिले हेर्नु होला।

हो यो vibration ले चै satellite लाई असर पर्न सक्ने हुन्छ क्या, जस्तो कि, components हरु खस्न सक्छ, तपाइको, screws हरु loose हुन सक्छ, तपाइको structure मा असर परेको हुन सक्छ, structure मा अलिकति change भयो भने त्यो जुन चै आकारमा राखेको हो, त्यो आकार भन्दा अलिकति फरक हुने बित्तिकै त्यल्ले अरु समस्या आउन सक्छ, PCB मा strain हुने भयो। हो यो चै हाम्ले vibration shaker जस्तो हुन्छ, त्यसमा राख्छौ हाम्ले, X, Y, Z मा हाम्ले vibrate गर्छौ, त्यो profile चै हाम्लाई कम्पनीले देको हुन्छ, launcher कम्पनीले, त्यो profile अनुसार हामीले vibrate गरेर ‘ल satellite चै चल्ने रैछ’ भनेर हाम्ले थाहा पाए पछि चै, अनि thats, त्यो चै हाम्ले अगाढी बढाउछौ ।

Three satellites being secured in a pod before vibrartion tests. (image- madeinepal.space)

NEPALISAT-1

अब कुरो आयो नेपलिसत-१ ले के गर्छ? र यसको उद्देश्य के हो?

नेपालको पहिलो भू-उपग्रह भएको कारणले यसको बारे मिडियामा निकै चर्चा भयो, प्रधानमन्त्रीज्युले यो कुरालाई राजनीतिक स्वार्थको रुपमा नि प्रयोग गर्नु भयो, हाम्रो संचार माध्यमको हबिगत त यहाँहरु सबैलाई थाहा भएकै कुरा हो, चाइने नचाहिने समाचार नि छापिए, आभास जी स्वयम्ले आफ्नो ब्लग मा स्पस्टिकरण दिदै कति कुरा सच्यानु समेत भएको छ।

कुरै कुरामा, आभास मास्के ज्यु बैज्ञानिक संग संगै एउटा राम्रो blogger नि हुनु हुन्छ। आभासजीले आफ्नो blog मा उल्लेख गर्नु भए अनुसार, पढ्नमा रुचि भएकी एउटी कसैलाई impress गर्न blogging सुरु गर्नु भाको रे, पछि गएर एउटी लाई छोडी blogging तिरै बढी रमाउनु भयो भनेर भन्नु हुन्छ।

हजुर, सुरुमा चै impress गर्न लाई लेखेको पछि चै लेख्ने रमाइलो लाग्न थाल्यो, अनि Its very therapeutic पनि, मलाई जस्तो कि stress परेको अवस्थामा चै म लेख्छु, अनि Its helping a lot actually अनि ब्लग कस्तो भैदियो भने, लेख्छु तर i dont expect people to read it क्या । आफुलाई गर्ने, लेखेको भएकोले, Its already enough अनि Its a bonus if people read it हैन। त्यसमाथि मेरो दुइटा ब्लग अहिले भकोले, specifically space को कुराहरु चै त्यो आर्को मा dot space मा लेख्छु, अनि मेरो आफ्नो personal कुरा हरु चै dot com मा लेख्छु।

वहाको बिज्ञान सम्बन्धि ब्लग www.madeinepal.space मा र अर्को व्यक्तिगत ब्लग www.madeinepal.com मा पढ्न सक्नुहुनेछ। madeinepal मा single n मात्र है। Highly recommended, अवस्य पढ्नु होला!

ल अब फेरी बाटो नबिराई nepalisat-1 तिर लागौ-

नेपलिसत-१ ले क गर्छ भनेर कुरा गर्दा, हामीले अघि उल्लेख गरेको यसको बनावट अनि आकारलाई सम्झिनु पर्ने हुन्छ। भू-उपग्रहको कुरा गर्दा, हाम्रो दिमागमा Hubble र International Space Station को चित्र आउछ, आकारको दाजो गर्ने हो भने International Space Station एउटा फूटबल मैदान जत्रो छ भने नेपलिसत-१ एउटा फूटबल भन्दा दुइ गुणा सानो। cubesat को SWAP requirement, size, weight, and power अघि आभास जी ले भन्नु भा जस्तै 10x10x10 cm अनि करिब १ किलो वजनमा सिमित हुन्छ भने यसको solar panel ले उत्पादन गर्ने उर्जा १ वाट। यो सानो आकारमा के के संयन्त्र राख्ने र यो १ वाट को सानो उर्जा लाई के काम मा खपत गर्ने भनि सोचेर योजना गर्नु पर्ने हुन्छ। सानो या ठुलो जे भए नि भू-उपग्रह को मुख्य उपयोग भनेको डाटा संकलन गरेर पृथ्वीमा पठाउनु हो। आभास भन्नु हुन्छ, यसले तथ्यांक संकलन गरे पनि अहिले को लागि यसको मुख्य उद्देश्य भनेको टेक्नोलोजी प्रदर्शन गर्नु हो, अर्थात, यसको क्षमता को जाच गर्नु हो। यो technology demonstration मा remote sensing, attitude control या pointing and stabilisation, communication अनि design application पर्छन।

ल future मा चै हाम्ले remote sensing गर्ने भन्यौ रे, future मा चै earth को फोटो खिचेर चै, तपाइको, अब जस्तो कि Flood हरु detection, अब snow detection, तपाइको GLOF Glacial lake Outburst Flood को lake हरु बढीराछ कि कम भैराछ भनेर study गर्ने, temporal data हेरेर, अब त्यो गर्न को लागि चै के गर्न पर्यो भने  पैला चै, त्यो technology पुग्नलाई पैला त फोटो खिचेर देखाउनु पर्यो नि, फोटो खिचेर हाम्ले download गरेर देखाउनु पर्यो नि। त्यसको लागि चै हाम्ले के गर्यौ भने एउटा क्यामरा राखेको छ। future मा गएर हाम्ले remote sensing गर्छौ, तर ऐले चै technology demonstrate गर्न लाई फोटो खिचेर चै पैला first step है, भनेर चै देखाउने वाला हो।

image – ICIMOD; Monitoring of the Imja Tsho in Nepal, a critical glacial lake, on the basis of a series of satellite images collected from 1962 to 2015.
This images were taken by different Landsats, and although 1U cubesat will not be able to match its resolution, it still gives some ideas on how future satellite missions can help us monitor GLOF prone areas in the Himalayas.

 अब 1U satellite मा चै तपाइको limitation के छ भने volume requirements छ के। जति लामो लेन्स भयो त्यति बढी focal length हुने भकोले तपाइको कस्तो भैदिन्छ भने, बढी higher resolution को image लिन सक्ने भो।  तर यो १ऊ को cubesat मा fit गर्नु पर्दा खेरि चै अलिकति सानो नै हाम्ले rough इमागे पौने वाला छौ, अब त्यो चै first step भो, future मा हाम्ले 3U को सतेल्लिते बनायौ भने चै obviously we will get better results ।

नेपलिसत-१ ले देखाउन लागेको अर्को proof of concept यो remote sensing को data लिने process संगै जोडिएको छ। अन्तरिक्ष मा घर्षण अथवा drag एकदमै कम हुन्छ, त्यसैले उपकरण हरु नियंत्रण नगरे कुनै बाधा बिना घुमिराख्छन, त्यसैले क्यामरा बाट फोटो खिच्न को लागि पहिले cubesat लाई स्थिर बनाउने अनि दिशा निर्देश गर्नु पर्ने हुन्छ।

अब pointing गर्न लाई stabilisation चै पहिलो step भयो क्या तपाइको, stabilisation कसरि गर्ने त भनेर technology demontration अहिले देखाउदै छौ। हाम्ले एउटा MTQ भन्छ, magnetic torquer, त्यल्ले चै आफ्नै magnetic field create गर्छ satellite भित्र अनि त्यो satellite को magnetic field ले चै earth को magnetic field संग react गर्छ र त्यै अनुसार satellite slow down हुन्छ, आफ्नो angular velocity ।

त्यस्तै यसले communication मा, थोरै उर्जा प्रयोग गर्ने LoRa अर्थात् Long Range module को technology demonstration गर्नेछ,

LoRa ले चै के गर्छ भने तपाइको store and forward mission, future मा है यो फेरी अब, future मा चै के हुन सक्छ भने, तपाइको sensors terminal हरु नेपाल भरि हुन सक्छ हो, sensor ले चै के देख्छ भने soil को moisture content, अथवा water को level, जे पनि हुन सक्छ, water को level छ भने GLOF को लागि early detection system हरु पनि बनाउन सकिन्छ, तपाइको Flood को लागि early detection सिस्टम हरु पनि बनाउन सकिन्छ, अब त्यो sensor ले के गर्छ भने, LoRa module राखेको हुन्छ त्या। त्यो communication चै satellite मा जान्छ, त्यो satellite ले चै त्यो information store गरेर NAST Nepal Academy of Science and technology, अथवा तपाइको कुनै पानी ground Station मा चै data download गर्ने सक्ने अवस्था म चै देख्छु है future मा। त्यो module लाई राखेर कुनै पनि RF त्याबाट transmit चै गर्दैनौ तर त्यो मोदुले, electronics आफैमा चल्छ कि चल्दैन भनेर चै देखाउदैछौ।

आभास भन्नु हुन्छ, नेपालले हाल satellite उत्पादन गर्ने क्षमता नराखे पनि, भबिष्यमा यसले हामीलाई PCB देसिग्न अर्थात् printed circuit board design मा केहि गर्न सक्ने सम्भावना प्रदान गर्छ, जुन हाम्रो लागि धेरै महत्वपुर्ण हुन सक्छ।

PCB design. (image – predictabledesigns.com)

त्यो किन important छ भने, एक त हामीले products हरु बनाउन सक्ने भयो के, commercial products हरु, commercial products बनाउन को लागि के गर्नु पर्यो भने पैला त सिक्नु पर्यो नि कसरि बनाउने भनेर। हाम्ले चै अहिले PCB देसिग्न हरु हाम्रो जुन चै बनाईराको छौ, त्यो चै हाम्ले future मा commercial product बनाउने भनेर नै हाम्ले बनाई राको छौ क्या। अनि त्यो PCB हरु जसरि हाम्ले design गर्यौ, त्यो design गरे पछि चै अब हाम्ले यहाँ design गर्यो, त्यलाई manufacture गर्न दिन्छौ, manufacture गरेपछि Space मा जाने भो, Space गएर त्यो चल्छ  है भनेर थाहा पौने बित्तिकै, we have confidence kya हामीले commercial product बनाउन सक्छौ भनेर।

COST

PCB design को व्यवसायिक कुरा गरिरहदा, अन्तरिक्ष सम्बन्धि हुने खर्च अनि लगानी को नि कुरा आउछ। अन्तरिक्ष अनि बिज्ञान अनुसन्धानबाट हुने अनपेक्षित लाभहरु ले हाम्रो दैनिक जीवनमा सकारात्मक असर गरिरहेका छन् भन्ने बिषयमा कुनै दुइ मत छैन, तपाइको gps system होस्, या तपाइको camera भित्रको CMOS image sensor होस्, laser सम्बधि कुनै उपकरण होस्, या अस्पतालमा प्रयोग हुने MRI machine होस्, यी सबै कुराहरु बिज्ञान अनुसन्धानका क्रमबाट निक्लिएका अन्वेषणहरु हुन्। बिज्ञान अनुसन्धानमा धेरै पुजी लागे पनि यसले दिने फाइदा धेरै हुन्छन, अनि अन्तरिक्ष सम्बन्धि हुने खर्चमा बिशेष गरि एउटा कुराले धेरै असर गरिरहेको अवस्था छ –  अहिले को rocket system

UK बाट japan आउदा खेरि तपाइले ticket किन्नु भो रे plane को, अब तपाई payload भयो रे त्यो plane को, तर सोच्नुस कि plane यहाँ land भए पछि त्यो plane लाई सबै dismantle गरेर फेरी बनाउनु पर्ने अवस्था आयो रे। तपाइको ticket को price चै एकदम महँगो हुने भयोन्त, अहिले को rocket technology त्यस्तो छ क्या, reusability छैन, अहिले Space X ले गर्नु खोजि राखेको नि त्यै हो, तिनीहरुको first stage लण्ड गरेर reusable भनेर देखाईराछ, तर कस्तो पनि समस्या छ भने, तपाइको aeroplane चै अब 100 /200 times 300 /400 times, तपाइको, अब, कति चोटी उडीराको हुन्छ, त्यै अनुसार तपाइको price पनि घट्दै जाने भो क्या । ऐले को reusable rockets भनेको 10 times होला, त्यसपछि फेरी नया बनाउनु पर्ने हुन्छ।

१ किलो को लागि ५० देखि १ लाख डलर जति लाग्ने देखिन्छ अहिले, त्यो पनि ५० हजारमा पाउनु भनेको एकदम सस्तोमा पाउनु हो। हाम्रो अहिले nepalisat-1 लाई नेपाल सरकारले जति खर्च गरेको छ, साढे १ करोड खर्च गरेको हो, त्यो ५० हजार डलर भनौ न, ५० लाख लौंच मा खर्च हुन्छ १ किलो लाई पठाउनलाई, ५० लाख तपाइको testing र development मा हुने भयो, र तपाइको त्यसरी चै हाम्ले price breakdown गरेर चै NAST लाई पनि देको, र NAST र सरकार मिलेर चै यो पैसा हाम्लाई यसरि nepalisat-1 को लागि दिएको थियो।

ORBITAL DECAY

wiki- Comparison of geostationary, GPSGLONASSGalileoCompass (MEO), International Space Station, Hubble Space Telescope, Iridium constellation and graveyard orbits, with the Van Allen radiation belts and the Earth to scale. The Moon’s orbit is around 9 times larger than geostationary orbit.[

यो एपिसोड रेकर्ड गर्दाको समयसम्म नेपलिसत-१ ISS मा नै छ, अब chitta त्यहाँ बाट प्रक्षेपन गरी आफ्नो ओर्बित मा पृथ्वी लाई परिक्रमा गर्न थाल्नेछ, त्यसपछि अघि कुरा गरेका technology demonstration हरु क्रमैसंग गरिनेछ। भू-उपग्रह ले कसरी काम गर्छ भन्दा हामीले यसको लागि orbital mechanics बारे सानो कुरा गर्नु पर्ने हुन्छ।

एकदमै द्रुत गति या भनौ प्रकाशको गति नजिकमा यात्रा गर्ने तत्व र एकदमै सानो परमाणु विज्ञानको हकमा बाहेक, Newton को गति र गुरुत्वाकर्षण सम्बन्धि सिद्धांत अहिले पनि उतिकै सार्थक अनि उपयोगी छन्।  पृथ्वीलाई परिक्रमा गर्ने orbital mechanics पनि Newton कै Laws of Motion and Universal Gravitation मा आधारित छ। कुनै पनि उपग्रहको परिक्रमालाई पृथ्वीको गुरुत्वाकर्षण र उपग्रहको गति अनि दुरी ले निर्धारण गर्छ। पृथ्वीको गुरुत्वाकर्षणले उपग्रहहरुलाई हरदम आफूतिर तानिरहेको हुने भएता पनि दुरी लम्बिदै गयो भने त्यो गुरुत्वाकर्षण बल कम भई अन्ततः अर्को ग्रह या सुर्य को गुरुत्वाकर्षण क्षेत्रमा कैद हुन पुग्छ। जनमानस एउटा गलत धारणा के छ भने, space मा gravity या गुरुत्वाकर्षण सुन्य हुन्छ, त्यसैले भारहिनता को अनुभब हुन्छ। स्मरण रहोस, अन्तरिक्षमा गुरुत्वाकर्षणले असर नगरेको कुनै ठाउँ हुन्न, International Space Station मा ९० % पृथ्वीको गुरुत्वाकर्षण हुन्छ, हामीले ISS को भिडिओहरुमा देख्ने भारहीनता गुरुत्वाकर्षणको कमी ले नभई Space Station को गति ले गर्दा हो। जसरि तपाई रोटे पिङ्गमा तल खस्दा खेरि छोटो समय को भारहिनता microgravity अनुभव गर्नु हुन्छ, Space Station मा हुने भारहिनता पनि त्यस्तै हो, फरक यति हो कि space station मा त्यो खस्ने समय निरन्तर हुन्छ।

Ok, just for thought experiment को लागि है,

कलपना गरौ कि के पी ओली ज्युलाई satellite हुन सारै इच्छा लाग्यो रे, वहाको यो इच्छालाई पुरा गर्न हाम्रो एक मात्र superhero ले सहयोग गर्नु हुने भो रे,- शंकर

शंकर दादाले ओली ज्युलाई उचालेर हुइक्याउनु भयो भने, गुरुत्वाकर्षणले ओलीज्युलाई curve line मा फेरी भुइँ तिरै पछार्ने छ। हामीलाई थाहा भएकै कुरा हो कि पृथ्वीको सतह नि curve छ अथवा गोलाकार छ। र यदि शंकर दादाले ओलीज्युलाई त्यो गतिमा हुइक्याउनु सक्नु भयो जुन गतिमा ओलीज्युको भुइँमा झर्ने curve line पृथ्वीको curve line संग मिल्छ, theoretically, ओलीज्यु भुइँलाई मिस गर्दै पृथ्वीलाई चक्कर लाउनु हुनेछ। दुर्भाग्यवश, वहालाई अनन्त काल सम्म हुइक्याउन भने सकिदैन, atmospheric drag र पृथ्वीको गुरुत्वाकर्षणले वहाको गतिलाई कम गरी अन्ततः भुइँ मै पछार्ने छ।

त्यस्तै, Space Station लाई पनि गुरुत्वाकर्षणले सधै तानी रहेको हुन्छ तर ४०० किमि उचाइमा 27,580 किमि प्रति घण्टाको गतिमा Space Station को curve line पृथ्वीको curve line संग  ठ्याक्कै मिल्ने हुदा ISS पृथ्वी तिर निरन्तर खस्ने तर सधै miss गरी परिक्रमा गर्छ। यहाँ हामीले अनुभव गर्ने जति atmospheric drag नभए पनि, थोरै drag ले ISS लाई बिस्तारै पृथ्वी तिर तान्छ, यसलाई orbital decay भनिन्छ, र यो orbital decay लाई कम गर्न ISS ले समय समयमा thruster use गरी फेरी आफ्नो उचाई लिन्छ। हाल पृथ्वीलाई परिक्रमा गरी रहेको हजारौ उपग्रहहरु यसरि नै काम गरी रहेका छन्। नेपलिसत-१ ले पनि यसरी नै पृथ्वीलाई परिक्रमा गर्ने छ।

ISS भन्दा slightly lower orbit बाट चै orbit हुने भयो के हाम्रो satellite, किन भने ISS बाटै launch हुने भएको ले तपाइको त्यै relative velocity मा launch हुनेभो, त्यै relative velocity मा move हुदा खेरि चै certain orbit मा गएर बस्छ उ । orbit मा गएर बस्ने बित्तिकै कस्तो भैदिन्छ भने, ९० minute कै ISS orbit मै बस्छ, त्यो orbit मा बस्दा खेरि तपाइले भने जस्तै orbital decay को अवस्था आउन सक्छ, हो, त्यसैले पानी हामीले के भनेको हो भने हाम्रो satellite को आयु चै लामो छैन भनेर भन्नु को कारण त्यै हो। हाम्रो satellite को आयु maximum तपाइले हेर्दा खेरि दुइ बर्ष होला। operation phase गर्दा खेरि तपाई को ३ महिना देखि ६ महिनाको operation मात्रै हुने हो, त्यसपछि ६ महिना पछि पनि चल्दैछ भने त्यो चै bonus operation जस्तो भैदियो। कारण चै के भने एक त तपाइको propulsion system पनि छैन, orbit maintain गर्न सक्ने भएन, तर त्यो decay हुदा हुदै के भैदिन्छ भने, तपाइको १८० किमि को orbit मा पुग्ने बित्तिकै rapid decline हुन्छ क्या तपाइको, र rapid re-entry हुन्छ, re-entry भएपछि चै तपाइको burn हुन्छ। burn भए पछि चै हाम्रो satellite को end of life  भो।

ORBITAL DEBRIS

image- Gravity (2013) Alfonso Cuarón

नेपलिसत-१ त रे-इन्ट्री ब्भेर बयुमंडल मा जलेर खरानी भई सिधिन्छ, तर के सबै सतेल्लिते हरु को अन्त यसरी नै हुन्छ त? भए त धेरै राम्रो हुन्थ्यो, तर काम नलाग्ने सबै उपग्रह यसरी फकिदैनन। United Nations Office for Outer Space Affairs (UNOOSA) को अनुसार सन् १९५७ मा sputnik को सुरुवात देखि यो एपिसोड रेकर्ड गर्दा सम्म 8545 satellite प्रक्षेपन भाको र हाल करिब 5102 ले पृथ्वी परिक्रमा गरेको रहेको छ।[i] जलबायु परिबर्तन, धुवा-धुलो प्रदुषण, सगरमाथा मा फोहोर मैलो को भारी, समुद्रमा प्लास्टिक आदि जस्ता मानबिय हर्कतले हुने समस्या दिनहु बढ्दै गएको अवस्था छ। मानबिय हर्कत को निशान अन्तरिक्ष मा पनि अब समस्या को रुप मा परिबर्तन हुने जोखिम बढ्दै छ। NASA को अनुसार पृथ्वीको orbit मा हाल, १० सेमी भन्दा ठुलो २३,००० वटा काम नलग्ने बस्तुहरु छन्, भने १० सेमी भन्दा सानो टुक्रा हरु ५००,००० को संख्या मा छन्।[ii] र यी बस्तु हरु औसतमा १७००० किमि प्रति घण्टा को गतिमा यात्रा गर्ने हुदा सानो टुक्रा ले पानी satellite र Space Station लाई ठुलो क्षति गर्न सक्छ। सन् २००९ को पहिलो पल्ट ठुलो दुर्घटनामा, काम नलाग्ने रुसी उपग्रह Kosmos 2251 अमेरिकी उपग्रह Iridium 33 संग ठक्कर खादा २००० भन्दा बढी टुक्राहरु मा परिणत भको थियो।[iii] यसको अलावा, केहि मुलुकहरुले राजनीतिक अनि space मा military technology को हैसियत देखाउने आसयले जानी जानी earth orbit मा अझ बढी space debris हरु पैदा गरेका छन्, चाइनाले २००७ मा anti -satellite missile test मा Space debris को संख्या २५ % ले बढायो।[iv] केहि महिना अघि मार्च २०१९ मा इंडियाले पनि anti-satellite missile test गर्यो, यो ३०० किमि को उचाइमा भएकोले यसले पैदा गरेका टुक्राहरु अरु भन्दा छिटै ओर्बितल देचय भई पृथ्वी मा खस्ने भए पानी, यसले अन्तरिक्ष मा हुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धा, सैनिकीकरण, अनि गैर जिम्मेवारी पक्षलै उजागर गरेको छ। अमेरिका, रसिया, चिन पछि इंडिया यो टेस्ट गर्ने चौथो राष्ट्र भएको छ भने, अरु देशले यो गैरजिम्मेवारीपन लाई नदोहोर्यौला भन्न सकिन्न।

यो debris को समस्या अहिले एकदम कुरा निकालीराको छ क्या, यो Space debris धेरै कुरा हरु भो, cubesat हरु exponentially launch भई राछ हरेक year । Dcember २०१८ मा मात्रै तपाइको १०० वटा cubesats launch भयो, हैन, अब 2018 सम्म मैले एउटा यो statistics बनैराछु, त्यल्ले चै 954 satellites nano satellites लौंच भएछ, 2018 मा। अब 19 मा तपाइको १०० satellite launch हुने भयो । Certain cubesats हरु decay त भैसक्यो तर तिनेरु (IS) यो low earth orbit मा अझै घुमी राको पनि छ क्या, dead orbits के रे, dead satellites हरु पनि। हो त्यल्ले गर्दा अहिले के भैराछ भने strict regulations हरु आइराछ क्या, २५ बर्ष सम्म मा either de -orbit हुनु पर्ने or तपाइको graveyard orbit मा गएर राख्नु पर्ने, दुइटा condition satisfy गर्नु पर्ने हुन्छ, हाम्ले त्यो देखाऊछौ पनि, र cubesat मा त्यति समस्या चै नदेख्ने किन भने LEO मा हुने बित्तिकै तपाइको ४०० किमि को orbit मा राखेको छ भने तपाइको २/३ बर्ष मा यो पक्का पनि de -orbit हुन्छ भनेर देखाउनु चै सकिन्छ ।

हुन त Space एकदमै ठुलो छ, तर दिन प्रतिदिन सस्तो हुदै गएको satellite प्रबिधि, अनि anti-satellite missile test जस्ता गैर-जिम्मेवारी पूर्ण हर्कतले Low earth orbit मा Kessler Syndrome निम्त्याउन सक्छ भनेर आकलन पनि गरिन्छ। यस बिषयलाई लिएर हामीलाई मन पर्ने youtube channel Kurzgesagt ले मज्जाको विडियो बनाको छ, लिंक को लागि हाम्रो वेबसाइट मा जानु होला।

EMPOWERMENT, TRAINING

आभास मास्केको पोर्टफोलियो satellite प्रोजेक्ट अगुवाई गर्न मा मात्र सिमित छैन, blogging, craft beer सम्बन्धी photography, पत्रकारिता, संगै वहाले satellite सम्बन्धी ज्ञान अनि कार्यशाला पनि सुरु गर्नु भाको छ।

यो चै cansat project हो।

cansat भन्दा खेरि के त cansat? यो idea चै के छ भने, तपाइको कोकाकोला को can मा चै satellite बनाउने, तर Space मा launch नगर्ने, यो चै student हरु लाई सिक्न लाई मात्र। त्यो पानी students हरु सिक्ने भन्दा पनि तपाइको cubesat चै अब real satellite भयो, त्यो भन्दा अगाढी चै त्रैनिंग दिनु पर्यो नि अब, mechanical engineer लाई electronics आउदैन रे, चोदिंग आउदैन रे। मेरो कैसे मा त्यस्तै भाथ्यो क्या – मेरो background mechanical aerospace, specifically तपाइको अब electronics हरु नसिकेको, अब एकै चोटी satellite मा आउदा खेरि धेरै जसो कुरा हरु PCB design, electronics, coding भकोले चै गार्हो हुन्थ्यो क्या, यो transition गर्न लाई।

आभास भन्नुहुन्छ, कोरियाको Seoul National University मा अध्यन गर्दा ताका cansat प्रतियोगिता को अनुभवले, अनि जापानमा पाएको cansat leadership training ले वहाको यो transition लाई मूर्त रुप दियो। यो ज्ञान अनि दक्षतालाई नेपाली बिद्यार्थीहरुमाझ पुर्याउन नेपाल मै cansat कार्यशालाहरु सुरु गर्नु भयो।

DECENTRALISATION

तर एउटा समस्या आयो-

समस्या के भने, cansat leadership programme मा sikeko cansat को औसत खर्च १००० डलर भैदियो, जुन हाम्रो समाजको लागि धेरै महँगो हो, यो समस्यालाई हल गर्न वहाले अर्को कदम चल्नु भो

– sastosat

Sastosat. (image- madeinepal.space) For further info go check http://www.madeinepal.com/search/label/SastoSathttp://www.madeinepal.com/search/label/SastoSat

१००० डलर भनेको त नेपाल मा ठुलो, ठुलो पैसा भयो, त्यल्ले गर्दा खेरि चै मैले के सोचे भने, मैले १० डलरमा cansat बनाउन सक्छु कि सक्दिन, १०० डलरमा बनाउन सक्छु कि सक्दिन भन्ने challenge लिए, र त्यसरी चै sastosat को नाम आको हो क्या। सस्तो मा कसरि हामीले यो cansat बनाउन सक्छौ भनेर अगाढी बढाउदा खेरि चै, अहिले को क देखिन्छ भने, तपाइको २०१६ सालमा बनाको cansat चै तपाइको, त्यस्तै २० डलर ३० डलरको थियो, त्यसपछि २०१७ मा हाम्ले दुइटा cansat programme गर्यौ, एउटा चै high school लाई गर्यौ, एउटा चै University level त्यो चै पुल्चोक मा गरेको, पुल्चोक लाई गर्दै खेरि चै १०० डलर cansat programme थियो र त्यसपछि यो high school लाई गरेको चै १० डलर मा चै हाम्ले somehow manage गर्यौ।

हाम्रो नेपाली समाजमा आफ्नो कामलाई त परै जावोस अरुको कामलाई पनि critically हेर्ने संस्कार एकदम थोरै छ। समालोचना गर्ने अभ्यास हाम्रो प्राज्ञिक अनि गैर-प्राज्ञिक दुवै क्षेत्रमा फितलो छ भन्दा फरक नपर्ला। मैले अघि आभासजी को ब्लग उल्लेख गरेको थिए, वहा को थुप्रै लेखहरु मध्ये cansat कार्यशाला सम्बन्धी आत्मालोचना, self -criticism को हरफले मेरो ध्यान खिच्यो।

म एक लाइन पढेर सुनाउछु, “My criticism of my own CanSat programs is that these training have been elitist of sorts। It’s not democratic enough for lack of a better word। What I mean is that these programs have been highly centralized to Kathmandu Valley and neighboring Dhulikel “

शिक्षा र स्रोत-साधनको समान पहुच नहुदा हाम्रो समाज असामान् छ, यो criticism ले यो एउटा कार्यशालाको  मात्र नभई हाम्रो समाजको ऐतिहासिक असमानता लाई समेत सम्बोधन गरेको छ।

हो हाम्ले पानी त्यसरी नै सोचिराको, मेरो आफ्नै programme कस्तो भैदियो भने, एकदम centred भयो, काठमाडौँमा, IoE मा, वृहस्पतिमा, अब जो जो संग पैसा छ तिनेरुले चै त्यो स्कूलमा पढ्ने भयो अथवा जो जो चै राम्रो छ त्यो स्कूलमा पढ्ने भयो, र तिनीहरुले चै opportunity सबै तिनीहरुले नै पाउने भयो क्या, अब हामीले pilot  programme गर्दा खेरि वृहस्पति स्कूल मा गर्ने भयो होइन, त्यसपछि Institue of Engineering, Kathmandu University, यिनेरु त elite schools हरु भनौ न, नेपालमा एक किसिमले राम्रो पढ्ने बिद्यार्थीहरु अनि अझ पैसा पनि support भको बिद्यार्थी हरु त्यहाँ पढ्ने भयो।

अब challenge चै future मा गएर programme हरु बनाउदा कसरि चै more community based बनाउने, younger students हरुलाई involve गराउने, र बढी चै बढीमा students हरुले यो robotics, तपाइको embedded system, cansats हरुमा चै education पाउने, specially अब coding भनौ न, मैले देख्छु, अहिले चै, अहिले देखि नै young age मा coding हरु गर्न सक्छ भने I think there’s a big  future के सब्बैलाई। सो हामी कसरि चै यो गर्न सक्छौ भनेर सोचिराखे छौ तर अब obviously सरकारले, हाम्रो जैले पनि नेपालीहरुको के छ भने, ल सरकारले यति गर्दे हुन्थ्यो, यस्तो गर्दे हुन्थ्यो भन्ने छ। Obviously policies हरुले support त गरिहाल्छ तर, मैले के देख्छु भने, अब future मा चै at least, programme यसरी design हुनु पर्यो कि, its free number one, number two चै more community based, spread out हुनु पर्यो, देशभरी नै हुनु पर्यो, नुम्बेर three चै अब त्यसको लागि funding कहाँ बाट मिलाउने भन्ने कुरा भयो। अब funding कहाँ बाट मिल्छ भन्ने कुरा अर्कै छ हैन, अब मन power लाई पैला manage गर्नु पर्यो।

अब funding को जिम्मा चै धुर्मुस सुन्तली foundation लाई नै दिनु पर्छ होला, कि कसो? just joking है!

हामीलाई थाहा भएकै कुरा हो, राष्ट्रिय गौरबसंग जोडिने यस्ता ठुला आयोजनामा सरकारको हैशियत अनि इच्छा शक्ति नहुदा, व्यक्तिगत तवरबाट पुजी संकलनगरी केहि काम नभएको भने होइन।

अनुसन्धान अनि विकासलाई प्रोत्साहन अनि सहयोग गर्ने उदेश्यले ड़ा महाबिर पुनले राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना गर्नु भएको छ। सरकारबाट उचित सहयोग नहुदा, राष्ट्रिय आबिस्कार केन्द्रले व्यक्ति, संघ संस्था, अनि बिदेशी दात्र संस्थाहरुलाई सहयोगको अपिल गरिरहेको अवस्था छ। यसरी ड़ा पुन जस्तै अघि बढिरहनु भएका visionary हरुको काम सह्रानीय छ, तर बिडम्बना को कुरा के भने, सरकारलाई कर पनि बुझाउनु अनि यस्ता ठुला आयोजनाको लागि चन्दा पनि दिनु पर्ने हो भने, राजस्व चै हामीले नेता पोस्न मात्र तिरेका हौ त भन्ने प्रश्न आउछ। या भनौ सरकारले गर्नु पर्ने आयोजना धुर्मुस सुन्तली जस्ता  foundation हरुले गर्ने हो भने सरकारको काम चै भको राजस्व पप्पु कन्स्ट्रक्सन आदि जस्तालाई उपहार दिने मात्र हो? हामीले व्यक्तिगत रुपबाट सहयोग गर्नु राम्रो कुरा हो, तर बिज्ञान, अनुसन्धान, सामाजिक संरचना जस्ता कुरामा राज्यलाई मुख्य भूमिका खेल्न दबाब दिन हाम्रो दायित्व हो।

TECHNOLOGY AND EQUALITY

Illustration of Mars colony. (image- SpaceX)

यदि राष्ट्रले बिज्ञान अनि अनुसन्धान को क्षेत्रमा लगानी गर्न चुके, भविष्यमा हाम्रो जस्तो अविकसित देश सधै अविकसित अनि समस्याग्रस्त नै रहिरहने छ। अहिलेको pattern हेर्ने हो भने अन्तरिक्षमा शक्तिशाली अनि बिकशित देश र SpaceX, Blue Origins, Virgin Galactic जस्ता असाध्य धनि निजी कम्पनिहरुको बर्चस्व छ। यहि क्रममा अघि बढ्ने हो भने कालान्तरमा गएर, अन्तरिक्ष सम्बन्धि प्रबिधि, सुबिधाहरु हुने खानेले प्रयोग गर्ने अनि तल्लो वर्गकाहरु हेरेरै चित्त बुझाउनु पर्ने समय आउनेछ। Scifi फिल्म Eysium मा Neill Blomkamp ले यस्तै परिबेस को परिकल्पना गरेका छन्। आकाश माथि को spaceship मा सभ्रान्त समुदायको बस्ती हुन्छ जसले सम्भबत पृथ्वीको स्रोत साधनको भरपुर फाइदा लिएर अन्तरिक्षमा बसाई सरेका हुन्छन भने तल उजाड पृथ्वीमा गरिब समुदाय दिनहु कस्टकर जीवन बिताउछन । बिज्ञान अनि प्रबिधिले समाजलाई समान अनि न्याय संगत बनाउनु पर्ने हो, तर आजको यो पुजीबादी संरचनामा यसको पहुच सिमित राष्ट्र अनि समाजमा हुदा, यसको असर भबिष्यमा दोब्बर भएर जान सक्छ। पहुचवालाहरु प्रविधिको अधिकतम उपयोग गर्ने अनि बहुसंख्यक मानब जाति गरिब अनि झन् पिछडीदै जान सक्छन।

Ideal world मा चै सबै जना equal हुने, हैन, र तपाइको differences हरु नहुने level मा, त्यो चै idealised society भयो, तर unfortunately के भैदिन्छ भने technology advancement ले गर्दा खेरि, त्यो ideal situation भन्दा पर नै हुने देखिन्छ है, किन भन्छु भने, एक त human nature, हाम्रो nature नै कस्तो छ भने, एकजना, तपाइको society हेर्नु भो भने, societies made out of family, family मा पनि दुइजना male र female हुन्छ भने, अथवा male र male, male र female, depending on कस्तो खालको relationship हो। एक जना dominant निक्लिन्छ अर्को चै less dominant हुन्छ, त्यो family मा tyasto लेवेल भैसक्यो भने society मा obviously differences हरु, certain class ले dominate गर्ने, certain class ले dominate नगर्ने हुन्छ।

पारिवार भित्र हुने hierarchy अनि class struggle भिन्न भिन्नै कुरा हो भन्ने मान्यता राखे पनि, मैले वहालाई अन्तर्वार्ताको बेला challenge  नगेरेको हुदा वहाको, यो परिवार देखि सुर हुने dominant  and  recessive  analogy  लाई धेरै critique  गर्दिन, It  wouldn’t  be  fair है,

अनि त्यो कस्तो भैदिन्छ भने dominant class ले चै जुन चै technology advancement भैराको छ, तिनेरुको चै fruits हरु तिनेरुले लिने भो। अनि obviously यो कुरा चै धेरै science fiction हरुले लेखिसकेको पनि छ, अहिले भर्खर मैले पढेको चै, Cixin Lui, he is a Chinese author, Three Body Problem Triology भन्ने, मैले यो अहिले Death ‘s End भन्ने भर्खर यो third book मैले सक्काए ।

By the way, Three Body Problem वहाको मनपर्ने science fiction

Three Body problem Triology, probably the best scifi book, Hands down!

ल OK फेरी, technology र equality तिरै जाऊ-

त्या चै एकदम clearly देखिन्छ क्या, future मा गएर चै जति technological advancement भए पनि, certain group of people ले चै, त्यो advancement लै चै तिनेरुले राम्ररी utilise गरेर अगाढी बढीराको होइन, अब तिनेरुको health राम्रो हुने, त्यसपछि hibernation मा जान सक्ने, हैन, future मा गएर  तिनेरुले आफ्नो, अब जस्तो कि अहिले चै अब terminal illness छ भने hibernate गरेर next century मा गएर चै improve गर्ने आफ्नो life, त्यस्तो चै गर्ने सक्ने, र poor हरुले चै पैसा तिर्न नसकेर hibernate नगर्न सक्ने, त्यस्तो अवस्थाहरु पनि आउन सक्ने चै देखिन्छ, हैन, सो अहिले, मेरो विचार मा चै के छ भने, हो ideally चै त्यस्तो class differences हरु नभएको राम्रो हुन्थ्यो तर obviously हाम्रो pattern हरु हेर्ने हो भने, अब natural selection हरु हेर्ने हो भने, र हाम्रो जसरि हामी survival of the fittest को कुरा गर्छौ, हैन, र जसरि हाम्रो यो family, नै dominant र recessive character हरु आइसक्यो भने, psychology हेर्ने हो भने, I don’t think कि in the future technology ले त्यो bridge गर्छ, I think technology ले झन् worse गर्न सक्छ भन्ने जस्तो देख्छु।

है, यी कुराहरु सम्झिदा दिक्दार लागेर आउने क्या, के हाम्रो भबिष्य यस्तै समस्याले ग्रसित भइराख्ने छ त? Elon Musk चै थाहा भएन, तर Blue Origin को CEO Jeff Bezos ले उसको amazon कम्पनीका कामदारहरु माथि गरेको ब्यबहार, अनि tax छल्ने जस्ता हर्कत देख्दा यस्तै खर्बपतिहरुले भविष्यमा अझ बढी असमानता सृजना गर्नेछ भन्ने भान हुन्छ।

तर धन्दा नमान्नुस तपाईहरुलाई म dystopian अनि निराशावादी भविष्यको मात्र परिदृश्य दिएर जाने छुइन। हुन त science fiction ले dystopian संसारको परिदृश्य देखाउनु भनेको त्यस्तो परिदृश्यहरु संग सचेत हुनु भन्ने संज्ञा गर्छ र त्यसलाई रोकथाम गर्न अभिप्रेरित गरेको भनेर पनि बुझ्न सकिन्छ । तर व्यक्तिगत रुपमा चै मलाई, open-ended narrative भएको साहित्य अनि सोच अलि बढी राम्रो लाग्छ। यथार्थलाई देखाउने मात्र होइन, त्यसको निकासको दिशा औल्याउने, अनि थप सम्बाद र सहकार्यको ठाउँ छोडेको कला-साहित्य मलाई राम्रो लाग्छ।

DAYS TO COME

अब अन्तरिक्ष र प्रबिधि कै कुरा गर्ने हो भने, हाम्रो जस्तो मुलुकले अव्यवहारिक योजनाको सपना देख्नु भन्दा बैकल्पिक बाटो अपनाउदा फाइदा हुन सक्छ। उदाहरणको लागि, अघि आभासजी भन्नु भए झैँ printed circuit board design सम्बन्धि पढाई, प्रशिक्षण अनि कार्यशालाहरुमा स्रोत साधन प्रयोग गर्न सक्छौ। अहिलेको परिबेसमा हामीले ठुला उपग्रह बनाउन नसके पनि त्यसलाई चाहिने वा त्यसमा प्रयोग हुने design या software हरुमा हाम्रो संलग्नता स्थापित गर्न असम्भव भने छैन।

यसै सन्दर्भमा मैले आभास जी लाई शोधेको थिए, यो interview सुनी राख्नु भएका कतिपय भाई बहिनि हरुलाई aerospace engineering, या space, satellite सम्बन्धि कुनै design अनि engineering क्षेत्रमा आउने इच्छा होला, वहाहरु तपाई के सुझाव सल्लाह दिनु हुन्छ?

अब भाई बहिनिहरुले चै जो जो ले future मा aerospace गर्छु भनेर सोच्यो भने चै, आफ्नो field, अब propulsion मा गर्ने हो भने propulsion मै गरिराख, तपाइको aircraft structure मा गर्ने हो भने aircraft structure मै गरिराख्नु पर्यो। अब तपाइको, तर, aircraft electronics मा गर्नु पर्यो भने aircraft electronics नै गरि राख्नु पर्यो, त्यसको लागि baseline, number one त coding सिक्नु पर्यो, code कसरी गर्ने राम्ररी भन्ने त्यो चै, thats definitely, म mechanical engineer by training हो तर coding आएन भने कामै छैन आजकल । Electronics आउनु पर्यो र third चै के भने artificial intelligence कसैले कुरा गरिराछ भने कसैले बोलि राछ भने त्यो बुझ्न सक्ने जत्तिको understanding हुनु पर्यो क्या । त्यो भाषा बोल्न सक्ने, जस्तो कि Convolutional Neural Network भनेको के हो? त्यो मैले CNN भन्दा खेरि अरुले त्यो बुझ्नु पर्यो के, ठ्याक्क। त्यस्तो खालको भाषा चै अहिले देखि नै त्यो vocabulary हरु सिक्यो भन्यो चै aerospace मा मात्र होइन जुन पनि field मा काम लाग्ने देख्छु है । अब यो चै common baseline भैसक्यो अहिले, coding, electronics र, तपाइको चै, AI । Three basic कुरा हरुलाई चै तपाइले अहिले देखि नै सिक्नु भो भने मेडिकल field मा होस् कि, तपाइको aerospace field मा होस् कि तपाइको car को field मा होस् कि, तपाइको जुन पनि field मा होस् Its useful

बिज्ञान र प्रबिधिको दृष्टिकोणबाट हेर्ने हो भने अहिले हामी एकदमै असाधारण युगमा बाचीरहेका छौ, आभास जी ले उल्लेख गर्नुभा जस्तै Artificial Intelligence, Artificial Neural Network, alterantive energy सम्बन्धि महत्वपुर्ण अनुसन्धान अनि कामहरु भैरहेका छन्। यदि दूर भविष्यमा हाम्रो जस्तो अविकसित देश अनि समाज प्रासंगिक हुने हो भने यी नया प्रबिधि अनि खोजहरुमा अहिले देखिनै जग बनाउन जरुरी हुन्छ। अब एउटा परिदृश्य नै अनुमान गरौन, ल मानौ कि, भविष्यमा मानब सभ्यताले ठुलो फड्को मार्यो रे, तर त्यसको लाभ सिमित वर्ग, पुजीबादी ठुला ब्यबसायीहरुले मात्र लिए रे, हुन त ideally त्यस्तो अवस्था आउन नदिन नै पहल गर्नु पर्छ, तर आएको खण्डमा, हामी अहिले देखि नै यसरी काम गर्नु पर्यो कि त्यस बेला हामीसंग त्यस्ता असमान संरचनासंग लड्ने क्षमता होस्, त्यस्ता शक्तिलाई बैचारिक अनि प्राबिधिक दुवै तरिका बाट सामना गर्न सकियोस। हाम्रो देशको सन्दर्भमा अब आउने दिनहरुमा नेपाल सरकारलाई बिज्ञान अनि प्रविधिमा, हाम्रा बैज्ञानिक अनि अन्वेषकहरुमा उचित स्रोत साधन लगानी गराउन हामीले अझ बढी दबाब दिन अत्यन्तै जरुरी छ।

आजको हाम्रो अन्तरिक्षको तारा, आभास मास्केज्यु लाई धेरै धेरै धन्यबाद! अनि हरिराम श्रेष्ठ लगायात बिर्ड्स-३ प्रोजेक्टका सबै सदस्यहरुलाई यो satellite mission सफल होस् भन्ने हाम्रो शुभकामना। 

अन्तरिक्ष भनेको sound recording मा विश्व शाही र म producer and host सुबाश थेबे लिम्बु ।

यदि तपाइलाई यो पडकास्ट राम्रो लाग्यो भने कृपया यसलाई निरन्तरता दिनको लागि donation दिएर सहयोग गर्नु भयो भने हामी एकदम खुसी । अझ सक्नुहुन्छ Patreon मागएर महिनाको १ डलर भए पनि निरन्तर रुपले सहयोग गर्नु भए हामी अझ खुसि हुने थियौ। यसको लागि अन्तरिक्षको वेबसाइटमा या फेसबुक पेजमा जानुहोला जहाँ तपाइले यस एपिसोडको सम्पूर्ण transcript र further reading material पनि पाउनु हुनेछ। यदि आर्थिक हैसियतले सहयोग गर्ने स्थितिमा हुनु हुन्न भने पनि ठिकै छ । एस्तो कार्यक्रम मन पराउने आफ्नो परिवार, साथी भाईलाई काने खुसी गरिदिनु भयो भने पनि म एकदम खुसी हुनेछौ। नया एपिसोडको लागि थाहा पाउन social media मा like गर्न नबिर्सिनु होला।

आजको अन्तरिक्ष उडान यहि टुंग्याउछु, धन्यबाद.

>>>>>>>>>>

email- [email protected]

Follow us on facebook page https://www.facebook.com/antariksapodcast/

Paypal donation link- https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=ZNAK98F7FCNF6&source=url 

Patreon – https://www.patreon.com/antariksa?alert=2

Soundcloud – https://soundcloud.com/antariksaspace


end notes

[i] Online Index of Objects Launched into Outer Space, UNOOSA. http://www.unoosa.org/oosa/osoindex/search-ng.jspx?lf_id=#?c=%7B%22filters%22:%5B%5D,%22sortings%22:%5B%7B%22fieldName%22:%22object.launch.dateOfLaunch_s1%22,%22dir%22:%22desc%22%7D,%7B%22fieldName%22:%22en%23object.status.objectStatus_s1%22,%22dir%22:%22desc%22%7D%5D,%22match%22:null%7D

[ii] How much orbital debris is currently in Earth orbit? https://orbitaldebris.jsc.nasa.gov/faq/#

[iii] International Space Station Again

[iv] About Space Debris, ESA. http://www.esa.int/Our_Activities/Space_Safety/Space_Debris/About_space_debris

>>>>>>>>>

Further readings-

Abhas Maskey’s blogs here

http://www.madeinepal.space/ (all about space and science)

http://www.madeinepal.com/ (and the rest)

More about BIRDS and BIRDS 3 project https://birds3.birds-project.com/

Sputnik remembered: The first race to space (part 2) by Asif A. Siddiqi http://www.thespacereview.com/article/3344/1

What Is Microgravity? https://www.nasa.gov/audience/forstudents/5-8/features/nasa-knows/what-is-microgravity-58.html

Dodges Debris, Orbital Debris Quarterly News, NASA. https://web.archive.org/web/20111020092342/http://orbitaldebris.jsc.nasa.gov/newsletter/pdfs/ODQNv15i3.pdf

Space Debris and Human Spacecraft, NASA https://www.nasa.gov/mission_pages/station/news/orbital_debris.html

.

End of Space – Creating a Prison for Humanity, Kurzgesagt.

.

Launch Pad Water Deluge System Test at NASA Kennedy Space Center


Interesting vlog about orbital mechanics by Scott Manley


script

Language and Future

भाषा र भबिष्य

scroll down for full script

.

.

यस एपिसोडका पाहुनाहरु

Dr. Marohang Limbu. Dr. Limbu is an associate professor in the department of Writing, Rhetoric, and American Cultures at Michigan State University. 

Mekh Limbu is Kathmandu based interdisciplinary artist. He explores environmental and socio-political issues by creating fictional and non fictional visual narratives.

E. Marie Thaut does language documentation and description programme at SOAS (School of Oriental and African Studies) London.

Tara Manandhar is a London based documentary film maker.

Sanyukta Shrestha is an artist, campaigner at Save Nepal Valley, and president of Pasa Puchah Guthi London chapter.

.

.

यस एपिसोडमा प्रयोग गरिएका संगीतहरु

Fuzzscape Productions का राजन श्रेष्ठ र रोहित शाक्यको ‘Manang

Ranzen को “JOSH Baaki Chhai feat। CK Lal

विश्व शाहीको Folk Songs and Soundscapes from Nepal बाट ‘पुर्बेली’ र ‘Realisation’

Max Richter को ‘On The Nature of Daylight

vocals from Shreya Rai

.

>>>>>>>>>>>>>>

Full script

(written by Subash Thebe and edited by Prakash Sunuwar)

यो अंतरिक्ष हो र म सुबास थेबे लिम्बु।

यो podcast मा हामी बिज्ञान, सामाजिक सरोकारका बिसय र काल्पनिक बिज्ञान साहित्य सम्बन्धी कुरा गर्नेछौ।

यसमा मुलतः हामीले बर्तमानमा परिस्थितिमा  भोगिरहेका, अनुभव गरिरहेका परिदृश्य र  समस्याहरुलाई speculative fiction अथवा अनुमानमा आधारित बिज्ञान साहित्यको सहयोगले भबिस्य मा यस्ता समस्याहरुले  कस्तो रुप  लिन्छ भनेर विचार बिमर्श गर्नेछौ।

आजको बिषय एकदमै गहन अनि बृहत भएकोले कोसिस गर्दा गर्दै पनि यो भन्दा छोटो पार्न नसकेको र बिषय बस्तुमा कन्जुस्याई गर्न पनि मन नलागेको हुदा, यस एपिसोड लाई २ भागमा बाडेका छौ।  यसको दोश्रो भाग सुन्न नबिर्सिनु  होला।

ल सुरु गरौ आजको उडान…

(ambient soundscape) Playing Audio Message 

>>>>>>>

अहिले भर्खरै यहाँहरुले सुन्नुभयो मंगल ग्रहबाट पहिलोपटक पृथ्वी भ्रमणमा गएकी आफ्नी छोरिलाई एउटा बाबाले पठाएको audio message ।

मानब सभ्यता पृथ्वीभन्दा बाहिरतिर लम्कने निश्चित छ र गैर पृथ्वी बस्तिको सबै भन्दा प्रबल सम्भावना बोकेको स्थान भनेको चन्द्रमा र मंगल ग्रह नै हो।

ढिलो चाडो मात्र हो पृथ्वीका मानिसले अन्य ग्रह र चन्द्रमाहरुमा बस्ति सुरु गर्नेमा कुनै संका छैन, तर के यहाँ सुने जस्तै भबिस्यमा नेवारी लगायत नेपाली र बिस्वभरि बोलिने आदिबासी भाषाहरु बाचिरहेने सम्भावना छ त?

अझ भनौ, आदिबासी मात्र नभएर भाषा स्वयंको अवस्था कस्तो रहने छ?

अहिले प्रयोग भैरहेका प्रचलित भाषाहरुले कस्तो रुप लिनेछ?

भाषा, संस्कृति अनि चिनारी भनेको परिबर्तनशील कुराहरु हुन् ।सायद सयौ वर्षपछि अहिलेको भाषा चिन्नै नसकिने गरि बदलिन्छ कि?

भाषा एकदमै बृहत र गहन बिषय भएकोले यो एउटा अंकमा सबै कुरा समेट्न असम्भव छ ।त्यसैले हामी यो कार्यक्रममा हाम्रो नेपाली समाज र इतिहास वरिपरिको केहि प्रसङ्ग जोडी बिस्वभाषा र भबिष्य सम्बन्धी कुरा गर्ने छौ। साथै हाम्रो समाजका Nepali  Sign  Language प्रयोगकर्ताहरुलाई म माफ माग्न चाहन्छु कि यस एपिसोडमा नेपाली सांकेतिक भाषा सम्बन्धि कुरा गरेका छैनौ, कारण- हामीलाई लाग्छ कि यस बिषयको लागि छुट्टै एपिसोड चाहिन्छ, र समयले साथ दिए भबिष्यमा  केहि रिसर्च पछि एपिसोड बनाउने जमर्को गर्नेछौ। हालको लागि थोरै भए पनि हाम्रो वेब साइट मा भएको यस एपिसोडको ट्रान्सक्रिप्टले मदत गर्ने आशा लिएको छु।

*****

हाम्रो आकाशगंगा अर्थात Milkyway मा करिब २०० अरब ताराहरु छन् ।अनि प्रत्येक ताराहरुलाई कम्तिमा पनि एउटा ग्रहले परिक्रमा गर्छ र प्रत्येक ५ मध्ये १ सुर्य जस्तो ताराको habitable zone मा लगभग पृथ्वीको     आयतन बराबरको ग्रह हुन्छन[i][ii]।सन् २००९ मा kepler telescope को aawiskaar bhaera प्रचलनमा आए देखि हालसम्म ३००० ताराहरुमा करिब ४००० ग्रहहरु पत्ता लागि सकेको अवस्था छ[iii]। हाम्रो मिल्किवे galaxy मा मात्रै ४० अरब exoplanet हरु छन भन्ने अनुमान छ[iv]।यी ४० अरबमा के हामी मात्रै एक्लो सभ्यता होलाऊ त? त्यस माथि यो ब्रम्हाण्डमा हाम्रो जस्तो galaxy को संख्या ३० खरब या बेसी छ । अर्थात अंक 3 को पछाडी १२ वटा सुन्य, मेरो त दिमागले सोच्न पनि सक्दैन।यतिका ठुलो ब्रम्हाण्डमा अर्को सभ्यता नभेटिनुलाई FermiParadox पनि भनिन्छ ।तर खगोलशास्त्रमा समयको नाप हामीले अन्दाज गरि नसक्नुकोहुन्छ ।अर्थात् २००,००० वर्ष लामो हामी होमो-सपिएन्सको सभ्यता[v]यो ब्रह्माण्डको १३.८ अरब आयुको अघि नगन्य हुन्छ ।त्यसैले, हाम्रो जीवनकालमा हामीसंग समपर्क हुनु नहुनु भन्ने कुरा अलग कुरो हो ।तर यो ब्रह्माण्डमा हामी जस्तै या हामी भन्दा बिकशित सभ्यता धेरै हुन सक्छन भन्दा केहि फरक नपर्ला ।

अब, कल्पना गर्नुस । एक्कासी पृथ्वी बाहिरबाट कुनै अर्को सभ्यताले हामीसंग सम्पर्क गर्यो भने उनीहरुसंग के भाषामा सम्पर्क गर्ने होला?

म हजुरहरुलाई फेरी पनि के स्मरण गराउन चाहन्छु भने यो पोडकास्टमा हामी science सँगसंगै sciencefiction, अनि speculative fiction मा कुरा गर्ने भएकोले आज हामीसंग नभएका प्रबिधि अनि हामीलाई थाहा भएको भौतिक विज्ञान भन्दा बाहिरको परिकल्पना पनि गर्नेछौ।

ल, अब परिकल्पना तिर लागौ…

यदि अर्को तारा-मण्डलबाट कुनै सभ्यता पृथ्वी सम्म आउछ भने हामी अनुमान गर्न सक्छौ कि technologically उनीहरु हामी भन्दा धेरै अगाडी छन् किन कि हामीसंग अहिले सम्म चन्द्रमामा भन्दा बाहिर अवतरण गरेको कुनै रेकर्ड छैन ।इलोन मस्कको स्पेस-एक्सले मंगल ग्रहमा छिट्टै पाइला टेकाउने धेरै सम्भावना छ  ।तर सौर्य मण्डल भन्दा बाहिर मानब सहितको deep space यात्राको लागि न हामीसंग कुनै टेकनोलोजी छ न त त्यसको सम्भावना निकट भविष्यमा नै देखिन्छ।

हामी अर्को अनुमान के गर्न सक्छौ भने भाषाको संरचना र अबधारना बिल्कुलै बेग्लै हुन सके पनि उनीहरुसंग पक्कै पनि प्राकृतिक बस्तुहरुको लागि शब्द या धारणा हुनु पर्छ, जस्तै- तारा, आकाश, जून, उपग्रह, हावा, बादल, पानी, माटो, ढुंगा, समय, अंक, दूरी, खाना, इत्यादि । अझ बिज्ञान सम्बन्धि कुरामा त झनै किटान गरेर ती सभ्यतासंग शब्द छन् भनेर अनुमान गर्न सकिन्छ । उदाहरणको लागि, यो ब्रह्माण्डमा सबै भन्दा धेरै पाइने तत्व हाइड्रोजन र त्यसपछि हिलियम अनि क्रमसः अक्सिजन, कार्बन, नियोन, आइरन, इत्यादि।

हामि भाषाको लागि प्राय स्वर अनि लिखित र सांकेतिक म्ध्याम प्रयोग गर्छौ। तर उनीहरुसंग ध्वनीलाई प्रयोग गर्ने तरिका फरक हुन सक्छ, सायद हाम्रो जस्तो vocal  cord अर्थात् रुद्रघंटी नहुन सक्छ, सायद उनीहरु ध्वनि र दृश्य भन्दा अर्को आयामबाट भाषा प्रयोग पो गर्छन कि? ध्वनिमा पनि हाम्रो कानले सिमित frequency  मात्र सुन्न सक्छ, 20Hz  देखि 20 ,000 Hz  सम्म, यो भन्दा तल या माथिको र यस भित्र पनि उमेर अनुसार कति frequency हरु सुन्न सकिदैन।

Electromagnetic  spectrum  मा मानिसले visible  light देख्न सक्छ तर फाल्न सक्दैन। यस spectrum  मा visible  light  भन्दा थोरै ऊर्जा भएको infrared , microwave  अनि   radio  wave र धेरै उर्जा भएको Ultraviolet , x -ray, अनि gamma  ray  हरु हामी कुनै औजार बिना पत्ता लाउन सक्दैनौ। तर केहि प्राणीहरुले evolution  को क्रम मा light  फाल्ने अनि अरु electromagnetic  signal जस्तै Ultraviolet  र infrared  प्रयोग गर्ने क्षमता  विकास गरेका छन्। सायद, ती alien  सभ्यताले येस्तै क्षमता बिकास गरेका छन् कि?

पक्कै पनि उनीहरुले अंग्रेजी, नेपाली, राई, शेर्पा, नेवारी, मैथिली भाषा त बुझ्दैनन् होला । हामीले पनि उनीहरुको भाषा पक्कै पनि बुझ्दैनौ । कल्पना गर्नु भो? ल कल्पना गर्नु भएन भने paनि ठिकै छ । हाम्रो कल्पनालाई सहयोग गर्न केहि science fiction या बिज्ञान-आख्यान साहित्यकारको सहयोग लिन त पक्कै सकिन्छ। अमिरिकी साहित्यकार टेड चिएङ्ग ले सन् १९९८ मायेस्तै परिबेसमा आधारित “Story of Your Life ” नामक लघु कथा प्रकाशित गरे जसलाई सन् २०१६ मा Denis Villeneuve ले Arrival नामको चलचित्रमा उतारे ।

Dr Louise Banks studying heptapod’s semagram. Image- Arrival (2016) Denis Villeneuve

spoiler alert- यदि तपाइले Arrival हेर्नु भाको छैन र हेर्ने बिचारमा हुनुहुन्छ भने अबको ३/४ मिनट स्किप गर्नुहोला

यस कथामा पृथ्वीको विभिन्न ठाउँमा alien हरुले semi-circularship मार्फत समपर्क गर्न खोज्छन । कथाको मुख्य पात्र भाषाविद Dr Louise Banks ले आफ्नो छोरीलाई सम्बोधन गरेर बर्णन गरेको यो कथाले भाषा मात्र नभएर free will स्वतंत्र इच्छा, समयको अवधारणा, अज्ञात कुराको भय जस्ता गहकिला बिषयलाई केलाएको छ । तर आजलाई हामी भाषाको मात्र कुरा गर्नेछौ। यस आख्यानमा alien हरुको भाषा बुझ्न नसकेपछि USArmy ले भाषाविद Dr Banks को मद्धत लिन्छन । चिएङ्ग्ले यस आख्यानमा हाम्रो मानब सभ्यताले प्राय प्रयोग गर्ने भन्दा बेग्लै किसिमको भाषाको कल्पना गरेका छन् ।उनीहरुको भाषामा शब्दको कुनै क्रम नभएको अनि उपवाक्य भित्र उपवाक्यभित्र उपवाक्य भएको र बिशेषगरि यी alien हरुको समयको अवधारणा non –linear अर्थात हाम्रो अबधारणा जस्तो भुत-बर्तमान-भबिष्य क्रमशः एउटा सिधा दिसा नबगेर कुनै पनि दिशा या सबै काल एकैचोटी बग्नसक्ने अवधारणाले उनीहरुको भाषामा पनि त्यही अनुसार असर गरेको कल्पना गरेका छन्। अध्यन गर्दै जादा Dr Banks ले heptapod नाम दिइएका यी alien हरुको भाषा लेखन semagrams हरुको non -linear मिश्रण भएको र बोलिने भाषा performative भएको पाउछन । यस कथामा चिएङ्गले, भाषा र अबधारनाको अनोन्यास्रित सम्बन्ध देखाएका छन् । alien heptapod को semagram भाषामा दखल बढ्दै गएपछि DrBanks ले त्यो भाषासंगै आउने कन्सेप्ट अबधारणा पनि आफुमा आएको पाउछन – जस्तो कि भविष्यमा हुने घटनाको याद, र भुत-वर्तमान-भबिष्यको एकैचोटी अनुभव । अर्को भाषामा भन्नुपर्दा, यो नया भाषाले Dr Banks लाई समयलाई हेर्ने नया अबधारना दिन्छ । जीवनलाई हेर्ने, नियाल्ने नौलो अनुभूति दिन्छ।

*****

कल्पना गर्नुस, त्यस्तो भाषाको अनुभब कस्तो हुन्थ्यो होला?

अब कल्पना अलि घर नजिक तिर ल्याऊ है ।

चिएङ्गले कल्पना गरे जस्तै nonlinear समयको अनुभब गर्न नसके पनि एउटा भाषासंग एउटा experience र अनुभूति भने हामी सबैले जानी नजानी अनुभब गरेका छौ।रोमन सम्राट Charlemagne ले भनेका थिए रे, ‘To have second language is to have a second soul’ हाम्रो देशमा त १२३ भन्दा बढी भाषाहरु छन् ।अब आफै विचार गर्नुहोस हाम्रो समाजमा भषासंग आउने कति धेरै अनुभूति, अबधारानाहरु रहेछन त।

केहि समयअघि मात्र हामीले विश्व मातृभाषा दिवस मनायौ र UN ले २०१९ लाई आदिबासी भाषाको बर्ष भनेर घोसणा पनि गर्यो तर भाषाको धनि हाम्रो नेपालका धेरै भाषाहरु लोप हुदैछन । र यदि यही गतिमा लोप हुने हो भने भविष्यका पिढीले ती लोप भएका भाषाहरुसंग पाउने अनुभूति, विचार अनि जीवन-पद्धती गुमाउने छन्। UNESCO को अनुसार हाल संसारमा लगभग ६००० भाषा बोलिन्छ र यस मध्ये ४३% भाषालाई endangered भनेर उल्लेख गरिएको छ[vi]भने प्रत्येक २ हप्तामा एउटा भाषा लोप हुने क्रममा छ[vii]

हामी चै, म पैला सानो हुदाँ भनु न स्कूल जानु भन्दा अघाडी चै हामी हाम्रो समाजमा लिम्बु समुदाय भाकोले लिम्बु भाषा नै बोल्थ्यौ, हाम्रो हजुरआमा हजुरबाउ काका काकी अरु रिलेटिव्स र गाऊको अरु समाजको मान्छे हरु संग चै लिम्बुभाषा मै कुरा गर्थ्यौ हामीलाई नेपाली भाषा अरु भाषा औदैनथ्यो भनु न। हामी चै सबै कुरा आफ्नै भाषा मार्फत नै communicate हुन्थ्यो हाम्रो अनि बाजेहरुले पनि पैलेको वहाहरुको कहानीहरु भन्नुहुन्थ्यो, इतिहास कुराहरु वहाहरुले भोग्नु भाको experience हरु सुनाउनु हुन्थ्यो तर जब स्कूल सुरु भयो अनि हाम्रो बा नै स्कूल मा टिचर हुनु भएर चै त्यो एक खालको त्यो एक भाषा नीति नेपाली भाषा खस नेपाली भाषा भनौ न, त्यो नीति अन्तर्गत को शिक्षा प्रणालीले गर्दा खेरि चै अरु भाषीलाई त्यो पढ्न गार्हो हुने अनि अर्को त पढाई राम्रो नहुने। त्यो भएर चै बा ले के भन्नु हुन्थ्यो भने “तिमेरु अब नेपाली भाषा बोल आफ्नो भाषा नबोल, नेपाली भाषा चै बोल्न थाले पछि तिमेरुको, पढ्न सजिलो हुन्छ, पछि जागिर खान सजिलो हुन्छ, अरु मान्छेहरु संग बोल्न लाई पनि सजिलो हुन्छ भनेर त्यस्तो तरिकाले भन्नु हुन्थ्यो क्या, बा आफै पढ्नु भाको तर पढ्नु भएर पनि हामलाई तस्तरी गाइड गर्नु हुन्थ्यो भंनु न, एक भाषा प्रणाली ले चै एक हिसाब को प्रभाब चै त्यस्तो खालको थियो । त्यो भएर चै अगाडिको जेनेरेसन पनि हाम्लाई चै त्यसरी एक खालको प्रोत्सहान – नेपाली भाषा बोल भन्ने खालको प्रोत्साहान गर्नु भयो क्या

वहा हुनहुन्थ्यो (मेख लिम्बु, विसुअल आर्टिस्ट)

Images from Mekh Limbu’s work, “How I Forgot My Mother Tongue” 2018. Image courtesy- artist

काठमाडौँको त्रिपुरेस्वोरमा अवस्थित एक कला समूह आर्ट ट्री नेपालले केहि महिना अघि आफ्नै स्टुडियोमा “बिपरित सपनाहरु” नामक प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीमा नेपालको सामाजिक/ राजनीतिक/ ऐतिहाशिक बिषयहरुलाई नेपाली कलावृत्तमा प्राय देखिने भन्दा भिन्न रुपमा अन्वेषण/ अध्यन गरिएको थियो । यो प्रदर्शनको थप बिबरनको लागि अंतरिक्षको वेब साइटमा जानु होला । यहि प्रदर्शनीमा कलाकार मेख लिम्बुले भाषाको बिषयलाई लिएर “How I Forgot My Mother Tongue” या “मैले मेरो मातृभाषा कसरि भुले” नामक कला प्रदर्शन गरेका थिए। यस कलामा मेख लिम्बुले मुलतः आफुले जन्मी बोलि आएको मातृभाषा कसरी गुमाउनु पर्यो भन्ने प्रसंगलाई लिएर काम गर्नु भएको छ ।

विश्वको अन्य मुलुकमा जस्तै हाम्रो नेपालमा बोलिने भाषाहरु लोपुन्मुख हुनुको मुख्य कारण राजनीतिक या भनौ आन्तरिक उपनिवेशवाद र बिस्तारबाद हुन्।खास गरी पंचायती शासनको “एक भाषा एक धर्म एक भेस” नीतिले नेपाली भाषा र हिन्दु संस्कृति बाहेक अन्य समुदाय – आदिबासी, जनजाति, दलित, मधेशी, इत्यादिका भाषा संकृतिलाई दबाउने र मास्ने काम गरेको अनुभब अहिले पनि धेरै सुन्न पाइन्छ।

फेरी कलाकार मेख लिम्बु

जब पृथ्वी नारायण शाह ले एकिकरणको नाममा कोलोनाइज़ गर्यो, त्यस पछि १०४ बर्ष राना हरु ले शाषण गर्यो निरंग्कुश शाषण, त्यस पछि, त्यत्रो हुदा पनि हाम्रो कत्ति इतिहास, संस्कृति अथवा कति कुरा हाम्रो जोगिएर बसेको थ्योन्त, हाम्रो indigenous देखि लिएर जति पनि राज्यबाट सिमान्तकृत भाको अथवा बहिस्कृत भाको पछाडी पारिएको त्यसको इतिहास चै यो पंचायत काल को ३० बर्षे शाशन ले education एक भाषा एक धर्म एक भेषको मार्फत एती धेरै नष्ट गर्यो कि अरु जाति अरु धर्म मान्ने लाई चै, महेन्द्रले चै शिक्षा नीति मार्फत चै एक भाषा नीति मार्फत चै एउतै भाषा लागु गरे पछि त हाम्रो बहु-भाषिक बहु-धार्मिक बहु-जातिय राज्य हो – त्यसमा त धेरै असर पर्ने भोन्त । अरु भाषी, अरु जाति, अरु धर्म मान्नेलाई त त्यल्ले त्यल्ले गर्दा पनि एक खालको ठुलै पहिले देखि भाषा सम्बन्धि एकदमै ठुलो discrimination गरिदै आएको छ भनु न, त्यसमा पनि धेरै जस्तो हि न्दु धर्म बाट प्रेरित भाको स्टोरी हरु, कविता हरु, जिबनी हरु अनि शाह बंश को र राना शाशनको बंशावली पढाएर आफ्नो इतिहास बाट टढायो भनु न अरु जाति र अरु धर्म मान्ने हरु लाई त त्यल्ले त एकदमै discrimination भयो

यो discrimination विभेद लिम्बु समुदायमा मात्र नभई खस नेपाली बाहेक सम्पूर्ण भाषाहरु प्रति भएको थियो। अघि कलाकार मेख लिम्बुले भन्नु भए झैँ संस्थागत रुपमै एउतै भाषालाई मात्र स्थापित गरेपछि सयौबर्ष देखि बोल्दै आएका सयौ आदिबासी भाषाहरु स्वतः सिमान्तकृत र लोप हुदै गए। आफ्नो मातृभाषालाई कुनै स्थान नदिएको आफ्नै राज्यमा धेरै बाबाआमाहरुले आफुले भन्दा राम्रो अनि समान अवसर पावोस भन्ने आशाले नेपाली मात्र बोल्न सिकाए। समानता र अवसर भाषासंग कति जोडिएको हुन्छ भनेर यी दुर्भग्यपुर्ण घटनाक्रमहरुले देखाउछ। अझ भनौ नेपालमा मात्र नभई संसारको सबै उपनिबेसबादीहरुले आदिबासीहरुको भाषालाई मारेर शाषण चलाएको देखिन्छ। केहि उदहारण मध्ये दक्षिण अमेरिकामा स्पनिस र पोर्चुगिस उपनिबेसको हाबी, अफ्रिकी महादिपमा विभिन्न कालमा विभिन्न उपनिबेसीहरुले आफ्नो भाषालाई सबै भन्दा माथि र स्थानीय आदिबासीको भाषालाई सबैभन्दा तल राखी पद्धतिबद्ध ढंगले नास गरेको र उत्तरी अमेरिकामा native american हरुको भाषा संस्कृतिको यूरोपबाट गएका उपनिबेस्बादिहरु बाट निर्मम विभेद गरिएको छ।

I just wish my dad would have taught me more, it just seems like he quit speaking and my uncle can’t speak it really well but they never really taught us because when they were growing up they weren’t suppose to speak it. It was forbidden. They went to catholic boarding school; they got into trouble for speaking their language. So you know, for them it was important to learn English and learn it well, so they didn’t really teach us that’s where it was kinda a lost in that generation because, you know, it was learn English, you gotta learn how to communicate in the white world and that was more important, and that was more of the emphasis, where, now we’re going back to learning Hidatsa and making that number one and that’s being taught in school.[viii]

वहा हुनु हुन्थ्यो Shasta Mandan, उनी अमेरिकाको North Dakota अनि South Dakota का Hidatsa जनजातीको पछिलो पुस्ता हुन्।

कति ठाउँमा धेरै भाषा मासिए होलान कतिमा थोरै तर समस्या सबै सिमान्तकृत समूहहरुको लगभग उस्तै देखिन्छ । समय परिबर्तनशील छ । आजको युगमा पहिले जस्तै उपनिबेस अनि दासता जस्ता कुराहरु त्यति सजिलै हुन पाउदैन । त्यसो भनि रहदा अहिलेको न्यु वर्ल्ड अर्डरलाई चटक्कै बढारी पठाउन मिल्दैन – जसको लागि अर्को छुट्टै एपिसोड चाहिन्छ । जे होस् नेपालमा जस्तै अरु ठाउमा पनि सिमान्तकृत समुदायहरुको भाषा जोगाउने संघर्ष करीब-करीब उस्ता उस्तै छ । प्रजातन्त्र अनि स्वाधीनता कायम भएपछि पछिल्लो समयमा विश्वब्यापी रुपमा आदिबासी र अल्प संग्ख्यकहरु लागि परेका छन् ।

नेटिभ अमेरिकन को कंटेकस्मा just मैले यो गको बुधबार मात्र मैले मेरो pHD बिद्यार्थी संग बसेर कुरा गरेको थिए, र ऊ बिद्यार्थी चै चेरोकी कम्युनिटी, चेरोकी नेटिभ अमेरिकन हो, उनीहरु को चै भाषा पुरा नै हरायो क्या, तर एक दुइ जना मान्छे हरु चै क्या, उनीहरुको बाजेहरू, बोजुहरु जान्दथे रछ । त्यल्लाई चै उनीहरुले डकुमेन्ट गरेर, त्यल्लाई चै के त, बच्चा बच्ची हरु संग पढ्न सिक्न लगाएर अहिले बल्लै ले टिचर हरु क्रिएट गरेका रछन र उनेरुको अहिले reservation मा अथवा उनेरुको अहिले स्पेस हरुमा उनेरुको ठाउँ हरुमा अहिले बच्चा हरु चै के त स्कूलमा फर्मल्ली पढ्न थालेछन, अहिले कम्युनिकेट गर्न सक्छन हरे क्या, अनि यस्तो अनौठो भाको छ अरे कि बिचको जेनेरसन जान्नै नजान्ने, बजे बोजु बोल्ने हैन अनि ऐले नया बच्चा बच्ची हरु चै के त, उनेरुको भाषा बोल्छ अरे क्या, अनि मैले त्यै तपाइको थेओरी भानु न इमेजिनेसन, क्रिटिकल इमेजिनेसन, कसरि बोल्छ होला क्या? उनेरु बोलेको पोइलेको र ऐलेकोमा कति फरक होला? इभन कि हाम्रो याक्थुंग हरुको बोल्ने कुरा त तुरेको छैन नि र पनि 21st सेन्चुरी को पर्स्पेकटिभमा 21st सेन्चुरी को पर्स्पेकटिभबाट याक्थुंग भाषालाई स्टडी गरियो भने लेट 20th सेन्चुरी संगको पनि कता कता के के हुन्छा क्या, मलाई अनि, मोर अर लेस हामी उस्तै उस्तै छुम तर गवमेंटले उनेरलाई मोर प्रिविलेज देको छ, धेरै उनेरुको बेनेफिट्स हरु छ तर नेपालको मा त एउटा चक पनि किन्दिदैन, हैन, एउटा डस्टर पनि किन्दिदैन, हैन, तिचार्को ट्रेनिंग र टिचरको तलबको कुरा त की नगरौ न, त्यल्ले गर्दा खेरि धेरै कुरा हरु फरक छन् तर लेङ्गुएज लर्निङ्ग कन्सेप्ट मा चै मलाई आसाम को लिम्बु हरु र नेटिभ अमेरिकन हरु को स्थिति उस्तै उस्तै होला, अथवा नागा लेण्ड को याख्थुंग हरुको र यता चेरोकी हरुको अथवा नेटिभ अमेरिकन हरु को स्थिति उस्तै उस्तै होला ।

वहा हुनु हुन्थ्यो प्रोफेसर डा. मारोहांग खवाहांग लिम्बु । वहा अमेरिकाको Michigan State University को department of Writing, Rhetoric, and American Cultures मा अध्यापन गराउनु हुन्छ ।digital rhetorics and global literacies, global indigenous rhetorics, South Asian Kirat (Yakthung) rhetorics वहाको हालको रिसर्च इन्ट्रेस्टका बिषयहरु हुन् ।

प्रोफेसर लिम्बुले गत बर्ष आदिबासी जनजातीको भाषा र जीवन सैलीलाई लिएर एउटा निबन्ध लेख्नु भएको थियो, (paper here) वहा तर्क गर्नु हुन्छ । सबै भन्दा पहिले बर्षौ देखि संस्थागत रुपमा लादिएको चिनारीलाई आफ्नो स्थान, समय र मस्तिस्कबाट अलग्याउनु, दोश्रो – आफ्नो भाषा, संस्कृति, अनि जीवन-पद्धति संग पुनःसम्बन्ध बढाउनु या अभ्यास गर्नु, र तेश्रो – २१ औ शताब्दि को यो बिस्व-ब्यापी डिजिटल संजाललाई ध्यानमा राखी आफ्नो भाषा सभ्यतालाई समय अनुकुल अध्यन, समिक्षा र रचना गर्नु ।

“यसमा यो खसआर्यहरुले हाम्रो दिमागलाई, हाम्रो बडीलाई, हाम्रो वोइसलाई, हाम्रो स्पेसलाई, हाम्रो प्लेसलाई एउटा कोलोनाइज गरेको छ । ”

एकै छिन पर्खौ, यहा खस आर्य भनेर सबै खस आर्यलाई समेट्न खोजिएको हो?

[सुबाश]

“तपाइले त्यहाँ paper मा पनि लेख्नु भा छ क्यारे, एलिट खस-आर्यहरु मात्र हो दुखी-गरिब खस-आर्यहरु त हामि जस्तै मार्जिनलाइभएर बसिरहेक छन्..”

[Dr Limbu]

“हामी भन्दा नि खत्तम पनि छन् “

स्मरण रहोस, हामीले खस-आर्यको कुरा गर्दा एलिट खस-आर्य वर्गको, अथवा राजनीतिक अनि सामाजिक श्रोत साधन माथि पहुच भएका, जसले बर्सौ देखि हिन्दु धर्म अनि जातको नाममा अरु भाषा संस्कृतिलाई दबाउदै आएका, जसले चाकरी र झोलेबादलाई संस्थागत गरेर आदिबासी, जनजाति, मधेसी, दलित, महिला अनि मुस्लिम समुदायको प्रतिनिधित्वलाई स्थान नदिएको वर्गलाई सम्बोधन गरिएको हो । समय र परिस्थिति केहि फेरिएको छ, तर तिनै बर्गका सन्तानहरु आजको दिनमा पनि उच्चओहोदा र राजनीतिक/ सामाजिक लाभ लिइरहेको अवस्थाको श्रेय भने ति विभेदकारी नीति, प्रथा र ति प्रथा अबलम्बन गर्ने एलिट बर्गलाई जान्छ।

अनि अर्को कुरा, हुन त मैले यहाँ स्पष्टीकरण दिन जरुरी नभए पनि म यो जानकारी र अनुरोध गर्छु कि जनजाति आदिबासी अनि अल्पसंख्यक भाषीहरु सबैको संघर्ष उस्तै भएको र सबै १२३ भन्दा बढी भाषाको उदाहरण दिन सम्भब नभएको हुदा यस कार्यक्रममा उल्लेखित भाषाहरुलाई सयौ मध्येको केहि उदाहरणको रुपमा लिईदिनु होला।

फेरी डा लिम्बु

अथवा इन्डियाले याक्थुंगहरुको भूमिमा याक्थुंगहरुको जुन आइडेनटिटी, स्पेस, प्लेस र बडी र माइन्डलाई एउटा कोलोनाइज गरेको छ नि, त्यल्लाई हामीले डी-लिंक गरिदिनु पर्छ। त्यल्लाई अन-लर्न गर्नु पर्छ, त्यल्लाई डी-लर्न गर्नु पर्छ र हामीले रि-लिंक गर्नु पर्यो – हाम्रो सावा येत्थांग कल्चर, सुसुवा लिलिम याक्थुंग कल्चरलाई रि-लिंक गर्नु पर्यो। थिबुंग याक्थुंग कल्चर सिभिलाइजेसन हामीले रि-लिंक गर्नु पर्यो। याक्थुंग सुहांग हाम्रो कल्चरलाई हिस्ट्रीलाई, आइडेनटिटीलाई, स्पेस्लाई हामीले रि-लिंक गर्नु पर्यो भन्ने कुरा हो। अब हामीले के गर्नु पर्यो भने, रि-लिंक मै हामीले आफ्नो भाषा, साहित्य, संस्कृति पढ्दै आउनु पर्यो र धेरै हदसम्म हामीले हाम्रो हिस्ट्रीलाई धेरै रि-लिंक गरिसकेको अवस्था छ। हामी अहिले 21st सेंचुरीको याक्थुंगहरुले यो भन्दा पहिलेको हिस्ट्रीलाई र हाम्रो पछाडिको हाम्रो डीसटेन्ट फ्युचर जेनेरेसनलाई कसरि लिंक गर्ने र हामी त्यसमा ब्रिजिंग, एउटा ब्रिजको काम  कसरि गर्ने भन्ने कुरा गर्छु

बिशेष गरि २०४५ सालको जनआन्दोलन पछि भाषा सम्बन्धि धेरै चर्चा बहस अनि संरक्षणका कामहरु भए र डा लिम्बु ले भन्नु भए जस्तै रि-लिंक गर्ने कामहरु जन-आन्दोलन पछि मात्रै सक्रिय रुपमा हुन सकेको हो । तर भाषा लोपुन्मुख हुनु या भनौ रि-लिंक गर्न अवसर नपाउनुमा राजनीतिक मुख्य भए पनि अरु कारण नभएका भने होइनन् । अन्तर -जातिय बिबाह, बसाई सराइ र जनसंख्यामा ह्रास आउनु आदि केहि कारणहरुमा पर्छन।

 I speak one language basically, I speak English. I did French in school, up until GCSE level and I started learning to speak Nepali about four years ago. Hello! My name is Tara manandhar and I am a documentary filmmaker based in London.My mother is English, she is from Manchester and my father is Nepalese, he was born and raised in Kathmandu.

बेलायती आमा र नेपाली बाबाकी छोरी, लण्डनवासी filmmaker तारा मानन्धर केहि बर्ष यता नेपाली भाषा सिक्दै हुनुहुन्छ। तारा मानन्धरको प्रसंगमा उनलाई नेपाली/ नेवारी भाषा नजान्नुमा परिस्थिति र स्थान फरक भए पनि समानता र अवसरसंग सम्बन्ध भएको विचार वहा राख्नुहुन्छ।

I think there was an element of that, he thought it might have been disadvantageous to us to know, it might have been confusing for us to take on a second language, and also it might have made us feel like more outsiders in a way, more different in a way, and I think they were already, both my parents were very conscious of the fact already that obviously being, you know like a mixed race family in the 80s and 90s. They didn’t wanted to do anything that would like increase our visibility in terms of our difference, so I think there was an element of that.

..that the kind of racism he experienced in the 70s which I’ve heard about and the kind of way that he slotted into the culture here, and sometimes that was difficult that he didn’t get opportunities at work, he didn’t get promoted in the same way that his peers did and I think that whole experience made him want to suppress his culture a little bit or made him feel like that was necessary to do and I think that in a way, that’s part of whyI’ve been wanted to reconnectto the language because I feel like that’s part of him that may be he couldn’t like bring forward, orhe had to suppress or repress a little bit in order to fit in, in order to be anglocised and English in order to help us fit in, and I think that in a ways morewhy I wanted to reconnect with the culture and with the languagesto kind of, cos I feel like I’ve missed out you know,..

*****

अघि केहि समय अघि भने जस्तै भाषा लोप भए त्यससंग आउने अनुभूति, विचार अनि जीवन-पद्धती पनि लोप हुनेछन्। भाषा किन जोगाउने भनेर धरै कारणहरु छन्। यसै सिलसिलामा तारालाई सोधेका थियौ, ‘तपाईलाई नेपाली वा नेवारी बोल्न आए हुन्थ्यो जस्तो लाग्छ? या भनौ, तपाईलाई नेवारी नेपाली बोल्न आएको भए के फरक हुन्थ्यो?’

Yeah, definitely, I think, I wish that I knew more Nepali, I wish that I’d learn when I was younger, I wish that I knew how to speak newari and Nepali language, I remember having this conversation with a friend last year about how I felt. Sometimes Ive been programmed in the wrong language, and I experience the world through the wrong paradigm or through the wrong window in a way. I think access to Newari or Nepali language would have given me access to the culture in a way that I haven’t had and I’d have like to have. Ye, I do think the language frames the way you see the worlds, and I think that I kinda wish that I could see the world through Nepali or Newari language in a way that, some of, like my dad does, or that some of my ancestors have.

ताराले भने झैँ भाषाले संसारलाई हेर्ने एउटा फरक दृष्टिकोण दिन्छ। आफ्नो पुर्खाहरुको दृस्टीकोणसंग नजिक पुर्याउछ। यता डा लिम्बु, मातृभाषा जाने अथवा लिम्बु भाषा जाने परापूर्वकाल देखि नै पुर्खाहरु चलाउदै आएको मुन्धुम जानिने अथवा आफ्नो संस्कार जानिने र त्यसले इंगित गरेको सामाजिक मूल्य मान्यताले वैकल्पिक समाजको परिकल्पना गर्न सकिने तर्क गर्नुहुन्छ।

याक्थुङ्ग भाषा सिकेपछि मुन्धुम जान्यो, मुन्धुम jaaneपछि मुन्धुममा कत्तिको डेमोक्रेटिक र कत्तिको चैतॉइको एउटा बेस्ट समाजको कन्स्ट्रकसन मुन्धुमले गरेको भन्ने थाहा हुन्छ तर तपाई हिन्दुमा जानु भो भने तपाई, कृष्णले दहि चोरेर खाने, कृष्णले उता तिर मामा मार्ने होइन, अनि बुढारबुढीको कुरा हुदा अब राम को केटि संग लसपस गर्छ मतलब छैन सीतालाई चै आगोमा जलाउनु पर्ने, त्यस्तोखालको बेरियरहरु प्रब्लमहरु केबाट आउच भन्देखि लनगुएज र कल्चरबाट आउछ र त्यल्ले गर्दाखेरि के हुन्छ भने हामीले त्यसखालको अल्टरनेटिभ Language अल्टरनेटिभ समाजको आवश्यक पर्छ।

प्रत्येक भाषाको आफ्नो छुट्टै संरचना हुन्छ। अझ भनौ भाषाले दृष्टिकोण मात्र नभई हामीले सोच्ने तरिकामा पनि असर गर्छ भनेर धेरै पहिले देखि बहस हुदै आएको बिसय हो। Cognitive scientist Professor Lera Boroditsky हामीले बोल्न भाषाले हाम्रो सोच्ने तरिकालाई कसरि असर गर्छ भनेर एउटा रोचक उदाहरण दिनुहुन्छ,

I’ll start with an example from aboriginal community from Australia that I had a chance to worj with. These are the Kuuk Thaayorre people they live in Pormpuraawan, very west edge of Cape York, and whats cool about Kuuk Thaayorre is, in Kuuk Thaayorre they don’t use words like “right,’ and ‘left” and Instead everything is in cardinal-direction— north, south, east, and west, when I say everything I really mean everything. You’d say something like, “There’s an ant on your southeast leg” or “Move the cup to the north northwest a little bit.”In fact the way you say “hello’ in Kuuk Thaayorre is “Which way you going?” And the answer should be “North-north east in the far distant, how about you?” So imagine as you are walking around your day, every person you greet, you have to report your heading direction. That would actually get you oriented pretty fast, right? Because you literally couln’t get passed ‘hello’ if you didn’t know which way you going. In fact people who speak languages this would stay oriented really really well, they saty oriented better than we used to think human could. We used to think human were worse than other creatures, because, some biological excuse ‘oh we don’t have magnets in our beaks or in our scales’ No, if your language in your culture trains you to do it, actually you can do it, there are humans around the world who stay oriented really well.

दायाबायाको सट्टा उत्तर दक्षिन पूर्व पश्चिम प्रयोग गरेको सुन्दा हामीलाई सुन्दा अचम्म लाग्छ। त्यसमाथि अभिबादन नै ‘कुन दिसा जादैछौ?’ र जवाफमा, “म उत्तर-उत्तर -पूर्व, तिमि चै?” मैले पहिलो चोटी Dr. Boroditski को यो लेक्चर सुन्दा अचम्म लाग्यो अनि बुझ्दै जादा सार्है रोचक। हुन पनि हो, प्रत्येक बटुवासंग दिशाबारे जानकारी साटासाट हुदा आफुलाई म कुन ठाउँमा छु र कहाँ जादै छु भन्ने कुरा थाहा पाउन अवस्य सजिलो हुन्छ ।Dr. Boroditski ले दिनु भएको जस्तै उदाहरण हाम्रो मातृभाषाहरुमा पनि पक्कै हुनु पर्छ। यदि तपाइलाई आफ्नो मातृभाषामा यस्तै खालको केइ उदहारण थाहा भए इमेल गरि पठाउनु होला। हामी अर्को अंकमा प्रस्तुत गर्ने प्रयास गर्ने छौ।

यस्तै गरि मेख लिम्बु थप्नु हुन्छ,

आफ्नो भाषा जोगाउन किन important छ भने देखि, अझ specially हाम्रो indigenousहरु को चै हरेक कुरा श्रुति परम्परामा आधारित छ अथवा, के भन्छ यो, भनेरै एउटा देखि अर्को जेनेरसनलाई चै सुनाउदै भन्दै जाने, त्यसरी knowledge हरु पास गर्दै जाने, स्किलहरु पास गर्दै जाने, आफ्नो हिस्टोरीहरु पास गर्दै जाने, आफ्नो experienceहरु पास गर्दै जानेथ्यो, होइन, बिचमा चै त्यो एक खालको एक भाषा नीतिले break गरेर आफ्नो कुरासंग detachगर्दै लागेको छ, त्यो आफ्नो इतिहास, अथवा हामी आफै नै भाषा संग आफ्नो मुनधुमै, अथवा आफ्नो इतिहास, आफ्नो कल्चर नै त्यसरी, आफ्नो म्युसिकै त्यसरी relateभाको हिसाबले पनि आफ्नो भाषा चै जान्यो भने आफुलाई बुझ्न पनि सजिलो हुन्छ, आफ्नो कल्चर थाहा पनि सजिलो हुन्छ, आफ्नो itihaas, आफुलाई बुझ्ने सजिलो हुन्छ main त । जब आफैलाई बुझिदैन भने अरुलाई बुझ्न एकदम गार्हो हुन्छ जस्तो लाग्छ मलाई ।

अल्जजीरालाई दिएको अन्तर्वार्तामा survival international को निर्देशक अनि अनुसन्धानकर्ता Fiona Watson पनि भाषा सम्रक्षन सम्बन्धी यस्तै बिचार राख्नुहुन्छ, वहा भन्नुहुन्छ, “जो कसैको लागि सबै भन्दा ठुलो मानबअधिकार भनेको स्वाधीनता हो, यो आफ्नो इच्छा अनुसार बाच्न पाउने अधिकार हो र भाषा यो अधिकार र इच्छा-आकांक्षा  को मुख्य अंश हो ।”[ix]SurvivalInternational अन्तरास्ट्रिय स्तरमा जनजाती आदिवासीका हकहितका लागि आवाज उठाउने स्वतन्त्र गैरसरकारी संस्था हो।अनुसंधानकर्त्ता Fiona Watson बिस्तार गर्नु हुन्छ, म वहालाई उधृतगर्छु

भाषा, चिनारीको एउटा अंग पनि हो, जो कोइको लागि पनि यसको मतलब के हुन्छ भने, जब भाषा हराएर जान्छ तपाइको ऐतिहासिक र भौगोलिक सान्दर्भिकता पनि हराएर जान्छ।आदिबासी जनजातीसंग गज़बको ज्ञान हुन्छ, उनीहरु वनस्पतिज्ञ, जीवबिज्ञ, अनि healer- चिकित्सक पनि हुन्र उनीहरुसंग प्रकृति सम्बन्धी ज्ञानको भण्डार हुन्छ।अनि भाषा हाम्रो भबिष्य, ग्रह र विज्ञानको लागि अत्यन्त महत्वपुर्ण हुनसक्छ।उदाहरणको लागि, Inuit हरुसंग हिउलाई जनाउने धेरै शब्दहरु छन, किनकी उनिहरु एउटा कुशल अबलोनकर्ता हुन्र हुन पनि पर्छ, किनकि उनीहरुको जीवन त्यसमा भर पर्छ।

Inuit भनेर यहाँ Fiona ले आर्टिक क्षेत्रको ग्रिन्लेंड, क्यानाडा र अलास्कामा बसोबास गर्ने आदिबासीलाई उल्लेख गर्नु भाको हो। वहा भन्नु हुन्छ, “उनीहरु हिउलाई कुनखालको हो भनेर एकदमै बिशिष्ट तरिकाले वर्गीकृत गर्न सक्छन, जसले गर्दा कुन ठाउँमा शिकार गर्ने, कहाँ सुरक्षित छ कहाँ खतरा छ भन्ने कुरालाई असर गर्छ।”

वहा तर्क गर्नुहुन्छ, “यस्ता एकदमै विस्तृत ज्ञानहरु त्यहाँ बस्ने बाहेक अरुलाई थाहा नहुने हुनाले, ध्रुबिय क्षेत्रमा जमेको हिउ पग्लने प्रक्रिया र जलबायु परिबर्तनको अध्यन गर्न यस्ता सुक्ष्म विवरणहरु बैज्ञानिकहरुको लागि धेरै महत्वपुर्ण हुन सक्छन।”

मानबिय कारणले द्रुत गति लिएको जलबायु परिबर्तन आजको एउटा गम्भीर समस्या हो। तपाइले dystopian sci fi फिल्म हेर्नु भो या कथा पढ्नु भो भने प्राय जसो सबै कथाको पृष्ठभूमिमा जलबायु परिबर्तनले पृथ्वीलाई तहसनहस पारेको पाउनु हुनेछ।प्रकृतिसंग नजिक सम्बन्ध राख्ने आदिबासीहरु अहिले ब्राजिल देखि उत्तरअमेरिका सम्म जलबायु परिबर्तन रोक्न पुजीबादी सरकारहरुसंग आन्दोलन गरिरहेको अवस्था छ । Fiona  Watson  ले भन्नु भाको जस्तै चाहे त्यो हिमाली भेकको आदिबासी होस् या अमेजन फोरेस्टका, उनीहरुको प्रकृति सम्बन्धि ज्ञानसंग जोडिएको भाषाबाट पक्कै पनि फाइदा लिन सकिन्छ।

कसैले तर्क गर्लान, एउतै भाषा बोले सम्पर्क गर्न सजिलो हुन्छ, धेरै भाषा बोल्दा सम्पर्क गर्न गार्हो हुने, भाषा जोगाउन धेरै स्रोत साधन लाग्ने, आदि इत्यादि। Marie तर्क गर्नु हुन्छ, सबैले एउतै धर्म माने सजिलो हुन्छ त्यै भएर धर्मपरिबर्तन गर भनेर त भन्दैनौ नि,“Today it’s hard to talk about language without also talking about politics and economics. One would think, well, language is somebody thinks somebody speaks; why not speak a language more people speak? Well, you wouldn’t ask someone to convert a religion because its simply more convinent.”

Marie Thaut लण्डनको SOAS ( School of Oriental and African Studies ) मा भाषा documentation अनि description कार्यक्रम गर्नुहुन्छ।

भाषा, भेस, नृत्य भनेको मान्छेको संस्कारको अभिन्न अंग हो। हामी कसैलाई पनि यी कुरा सुबिधा या आर्थिक सहजताको कारणले बदल्नु पर्छ भनेर त भन्दैनौ, भाषा पनि त्यस्तै हो। भाषा मान्छेको पहिचानको अभिन्न अंग भएको र यसलाई छिन्नु वहा संस्कारिक संहारसंग तुलना गर्नुहुन्छ।

Language, clothing, dance governments practices, these are, this cultural practises are part of person’s culture. You don’t simply ask a person to change because it’s more convenient or because it’s more economically feasible. If you went to any country and said, “Everyone, you now speak English.” Well, you would have outroars, if you went to another country and said, ‘everyone, you are not Christians.’ It would be the same type of cultural genocide to get rid of a person’s, a major part of person’s identity.

यी कुराहरुले भाषाले एउटा समाजलाई प्राकृतिक बिज्ञान सम्बन्धि ज्ञान, जीवन-यापन गर्ने कुसलता, पहिचान, संस्कृति, संसारलाई हेर्ने दृष्टिकोण र परिदृश्यहरु प्रदान गर्छ भनेर देखाउछ ।मलाई लाग्छ यी कारणहरुले गर्दा भाषा जोगाउन धेरै आवश्यक छ भन्ने कुरामा हामीहरु सबै सहमत छौ।मलाई के पनि लाग्छ भने भाषाहरु लोप हुने क्रम बढीरहेको अवस्थामा अहिले सम्म भै आएको भाषा सम्बन्धि संघर्ष र आन्दोलनलाई निरन्तरता दिन पनि उत्तिकै आवस्यक छ।

भाषा सम्बन्धी आन्दोलन नया कुरा होइन । मेरो आफ्नै लिम्बु समुदायमा सिरिजंगा सिङ्ग्थेबे लिम्बुले २७८ बर्ष अघि भाषा सम्रक्षन र सम्बर्धन गरेको कारणले सिक्किममा शहिद हुनु पर्यो । पछि आएर इमान सिङ्ग चेम्जोङ्ग र अझ recently पद्म रत्न तुलाधर, बैरागी काइलाहरुले आदिबासी जनजातीका भाषा आन्दोलनमा धेरै योगदान दिनु भएको छ । नेपालमा मात्र नभई बिस्वभरि भाषा सम्बन्धी खोज अनुसन्धान अनि सम्रक्षनका कामहरु भई राखेका छन।संसारका प्राय: जसो सबै भाषा सम्बन्धी आन्दोलनहरुलाई तपाइले नियालेर हेर्नु भो भने यी आन्दोलनकारीहरुले एउटा सामूहिक अनुभव बाटेको पाउनु हुनेछ – सत्ता शक्ति, उपनिबेसी, आन्तरिक-उपनिबेसी, रंगभेदी अनि निरंकुश शाहकहरु द्वारा गरिएको दमन, उत्पीडन, उपेक्षा, शोषण अनि विभेद ।यस अर्थमा हामी के पनि भन्न सक्छौ भने भाषा संघर्ष भनेको भाषा बिसेसका लागि मात्र नभई समानता, समान प्रतिनिधित्व, आत्मा-सम्मान, र हक अधिकार को लागि पनि हो ।

*****

आजको स्थितिलाई हेरेर भबिष्यमा भाषाहरुको अवस्था कस्तो रहनेछ त? सन् २०१५ मा कोलम्बिया बिश्वबिध्यालयका प्राध्यापक, भाषाविद जोन एच मेक्व्होरटरले एउटा निबन्ध लेखेका थिए, “What the world will speakin 2115?”[x] उनी भन्छन, भविष्यमा यात्रा गर्ने हो भने ति यात्रीले दुइटा कुरा आज भन्दा धेरै फरक पाउने छन्। “एक, त्यस बेला धेरै थोरै भाषाहरु हुनेछन। दोश्रो, भाषाहरु आजको तुलनामा कम जटिल हुनेछन – बिसेष गरि लेखाइ भन्दा बोलाईको हिसाबले।” जोन भन्छन, ठुलासंख्यामा बोलिने भाषाहरु रहने तर सानो सिमित समुदायमा बोलिने भाषाहरुलाई धेरै गार्हो हुनेछ। विश्वव्यापी रुपमा अंग्रेजी भाषालाई सार्बजनिक भाषा अर्थात् lingua franca को रुपमा प्रयोग गरिने भएपनि अंग्रेजी एक मात्र भाषाको रुपमा स्थापित हुने भयलाई भने उनी अपरिपक्क मान्छन। अंग्रेजी भाषा बिस्तार हुनु भनेको, स्थानीय क्षेत्र भन्दा बाहिरी संसारसंग सम्बन्ध राख्नको लागि बढी प्रयोग हुने विश्वास राख्छन। उनी भन्छन्, “सन् २११५ सम्ममा, पृथ्वीमा भएका हाल ६००० भाषाहरु मध्ये करिब ६०० मात्र भाषाहरु रहने सम्भावना छ।” UNESCO को अध्यन र अनुसन्धान पनि त्यति आशावादी छैन[xi] – UNESCO को तथ्यांक अनुसार हाल करिब ३००० भाषाहरु लोप हुने अवस्थामा छ bhaneने प्रत्येक २ हप्तामा एउटा भाषा लोप भैरहेको अवस्था छ।[xii] स्मरणरहोस, UNESCO ले भाषाको जोखिम अवस्थालाई विभिन्न श्रेणीमा बर्गिकरण गरेको छ। यसको पूर्ण विवरण भएको लिंकको लागि यस एपिसोडको ट्रान्सक्रिप्टसंगै अन्तरिक्षको वेबसाइटमा पाउनु हुनेछ।

मैले आजको हाम्रो पाहुनाहरुलाई सोधेको थिए। भाषाको या तपाइको आफ्नो मातृभाषाको भबिष्य कस्तो देख्नु हुन्छ भनेर,

पछिल्लो जेनेरेसन चै, यसमाचै कमै भनौन, नेपाली भाषै बढीबोल्छ, त्यल्ले गर्दा चै लिम्बु भाषा एकदम कमि हुदै आको छ। अनि पछिल्लो टाइम चै यो अब आफ्नो मातृभाषामा सिक्षा दिने जब यो सिस्टम सुरु भयो, यो ५५ सालदेखि, ५५/५६ सालदेखि सुरु भाको हो यो चै, प्राइमरी लेवल सम्म चै आफ्नै मातृभाषाबाट चै पढ्न पाउने तर त्यसमा चैक केछ भने, नेपाली बुकलाई नै ट्रांस्लेट मात्रै, भाषामा त्रैट्रांस्लेट गरिएको छ तर त्यहाँ भित्रको कन्टेन्ट चै फेरी जस्ताको त्यस्तै छ क्या। त्यान आफ्नै कुरा छ, आफ्नै कुरा अथवा आफैले भोगेको, आफ्नो गाऊको कुरा,आफ्नो धर्म, आफ्नो इतिहासको कुरा भए पोइन्ट्रेस्ट हुन्छ होलात, तर फेरी त्यै कन्टेन्ट भाषा मात्र चेन्ज हुदा अलिकति त्यति धेरै इन्ट्रेस्ट नभाको देखियो अनि त्यति प्रभाबकारी नभएको पनि देखियो। अर्को तर्फ़ चैअब त्यो, यो पंचायतकालमा चै लगभग २०,३० बर्ष पंचायतकालले चै ३० बर्ष अनि थप बहुदल आइसकेपछि पनि ५६ सालसम्म पुरानै कोर्स पाठ्यक्रम पढाई हुन्थ्यो, त्यल्ले गर्दा चै त्यो अब ३० बर्ष भने पछि त दुइटा जेनेरेसन भनौ न, कम्प्लिटली दुइटा जेनेरसन, तीनटा जेनेरसन लगभग चै, त्यो एक भाषा, खस नेपाली भाषाको बुकपढेपछि चै पुरै नै अब त्यल्ले आफ्नो भाषाप्रति, आफ्नो भाषा संग एकखालको डिटेच नै गरिसकेको अवस्था भयो। अनि ऐलेको जेनेरसनलाई चै नेपाली मात्र आउछ, आफ्नो भाषा औ दैन, त्यो भएर फेरी लिम्बु भाषा सिक्न चै फेरी त्यति नै गार्हो अवस्था चै छ।

वहा हुनुहुन्थ्यो कलाकार मेख लिम्बु।

भाषाविद मेरी को पनि अनुमान त्यति फरक छैन। वहा कुनै पनि सामाजिक सरोकारका बिषयलाई पुजीबादको सन्दर्भसंग नजोडी विश्लेषण गर्न गार्हो हुने तर्क गर्नुहुन्छ।पुजीबादको बिस्वब्यापी अतिक्रमन भैरहेको अवस्थामा भाषाहरुको भबिश्य धेरै नाजुक देख्नु हुन्छ। पुजीबादी धारणामा संस्कार परम्परालाई एउटा महँगो कुराको रुपमा लिइने हुदा, अर्को भाषामा भन्नु पर्दा, यसको सम्रक्षन सम्बर्धनमा अनावस्यक पुजी खर्च हुने सोच हाबी हुदा पुजी बादी समाजमा भाषा, संस्कृति, परम्पराकोस्थान बलियो नहुने मत राख्नु हुन्छ।

In today’s current trend of capitalism, I fear for the worst because there’s an idea that cultural heritage is costly, therefore in order to have an economic progress, you have to abandon cultural heritage but then what is money without quality of life? And it’s the cultural heritage that brings the quality of life. There have been many studies in the Americas, think in Canada, North America where these populations, native Indigenous populations who have, were forcibly taken away from their parents, who were put in boarding schools, who were beaten if they spoke their native languages, they have health problems, the human brain and body can’t survive being stripped of its identity. And people who do loose their native languages, do have tendency to higher substance abuse rates and higher cases of depression and anxiety trying to negotiate where they exist in society, that’s difficult.

केहि साता अघि नेपाल भाषाको रन्जना लिपिमा कार्यशाला चलाई राख्नु भएको अवस्थामा लण्डन पासा पुचः गुठीका अध्यक्षसंग यहि बिसयमा सानो कुराकानी गरेका थियौ,

मेरो नाम संयुक्त श्रेष्ठ हो । मुख्य त म एउटा कलाकार नै हो । फिल्म मेकर, एनिमेटर, अर्थर, र मेनली आर्टिस्ट, अहिले हालको लागि म लण्डनको पासा पुचः गुठी युकेको लण्डन चेप्टरको म प्रेसिडेन्ट हो ।

मेरो मातृभाषा नेपाल भाषा हो। होइन, यसको भबिष्य खासमा छ नै भन्ने पनि अलि गार्हो छ । खास भन्ने हो भने यसको कुनै भबिष्य छ भन्न लाई पनि त्यो चै क हेरेर भन्दा खेरि, यसमा चै अब, ऐतिहासिक रुपमा चै यसको जुन किसिमबाट, जुन दबाब भएर आयो, अहिलेको समकालीन अवस्थामा आएर जुन अवस्थामा छ यो खासमा अहिले जसरि सिक्ने बोल्ने यसको लागि ठाउँहरु छैन । एकदम ब्यबस्थित यसको सैक्षिक उसमा छैन यो । आइसकेको छैन । होइन, हाम्लाई आफ्नै देशमा पनि, जुन देशमा यो जन्मेको हो भाषा, बाहिरबाट त आस पनि गर्न सकिदैन । गर्न पनि भएन । आफ्नै देशमा चै यो बन्चित भाषा भएको हुनाले अहिले पनि सैक्षिक र राजनीतिक उसबाट पनि, यसको भबिष्य चै सुनिस्चित छैन, निस्चय पनि छैन यो। तर त्यसको लागि चै यसको चै केइ भबिष्य यसको केइ होला कि केइ समय सम्म मात्र भए पनि यल्ले अलिकति निरतार्ता पाउला कि भनेर चैमान्छे हरु चलिराको मात्र हो, होइन, यो भाषा लाई माया गर्ने हरु, तर खासै भन्ने हो भने आउने पुस्ताले यल्लाई, हुन्छ नि, एकदम चै, राम्ररी न-अंगाली सकेको हुनाले चै यसको भबिष्य छ भनेर चै मा कित्तान गरेर भन्न सक्दिन।

यी प्रतिक्रियाहरुलाई सारम्समा यसो भन्दा फरक नपर्ला – ऐतिहासिक दमन अनि उपेक्षाको फलस्वरूप आज आएर नया पुस्ताले मातृभाषा नअंगालेको/ नसिकेको वा रुचि नदेखाएको अवस्था, मातृभाषा सिक्न सिकाउन अनुकुल बाताबरण तयार गर्न असक्षम या अनिच्छुक भएको सरकार र पुजीबादी माहोल इत्यादिले भाषाको भविष्यलाई नकारात्मक प्रभाब पारिरहेको र पार्नेछ । यद्यपि सबै जानकारहरुको विचार यहि भन्ने होइन । प्रोफेसर मारोहांग लिम्बु यसमा फरक मत राख्नु हुन्छ,

अहिले संसारमा रहेको, हैन, जुन सुकै endangered कन्डिसन मा रहेको भाषाहरु छन्, त्यहाँ को गवमेंटले चै रोल प्ले पक्कै पनि गर्छ, अब त जे पनि डेमो क्रेसी नै छ क्या, तपाइको एउटा जुन छ नि, म चै एउटा एस्तो सशक हो कि जहाँ चै म सबै कुरा डीसट्रोय गरेर म मात्रै बाच्छु भन्ने हरु चै अब अल्मोस्ट अल्मोस्ट सिद्धिन्छन । धेरै मान्छे हरु चै इन्स्टिच्युसन हरु मा एकदम अरु अरु भाषा इम्पवर गर्ने, जति धेरै भाषा जान्यो त्यति धेरै मान्छे मा के त, डाइनामिसम, डाइनामिक भएर जान्छ, त्यति क्रिएटिभ भएर हुन्छ, त्यति कन्स्ट्रक टिभ भएर जान्छ भन्ने छ। त्यल्ले गर्दा खेरि भाषा चै त्यसरी जादैन ।

नेपालमा अथवा मा भ न्छु कि, हाम्रो याक्थुंग भाषा एक दुइ वटा कन्डिसन मा लोप हुन्छ, तर त्यो डकुमेन्टेसन् त जैले तैले हुन्छ होइन, नेपाल लाई इंडिया ले लग्यो भने, गाभ्यो भने, जस्तो, सिक्किम जस्तो, र भोलि त्यहाँ को भाषा जम्मै लाई खत्तम पर्ने भो भने हाम्रो याक्थुंग भाषा चै लोप भएर जानु सक्छ। तर यदि हाम्रो नेपाल चै नेपालै रही रह्यो, इंडिया इंडिया नै रही रह्यो, त्यो हिसाबले हो भने चैन, हाम्रो भाषा हरु, हाम्रो संस्कृति हरु चैन कैले हराएर जादैनन्।

भने पछि, राजनीतिक भौगोलिक अवस्थामा नकारात्मक परिबर्तन नआए तपाई आशाबादी हुनुहुन्छ कि अबको २/३ सय बर्षमा पनि अहिले सम्म सम्रक्षित भै आएको भाषाहरु जीवित नै भै राख्ने छन भनेर?

त्यो चै हो, त्यो चै मा छु होइन, हुन त कैले कैले, उल्टो पल्तो पनि सोच्छु होइन, अब ग्रेटर नेपालको कनसेप्टमा चैन कलिम्पूंग, दार्जीलिंग, र सिक्किम अब नेपालमा चाडै गाभिने भनेर न्युज पनि मैले पढेको थिए क्या, मा त सार्है दुखः लग्यो, त्यस्तो भो भनेत, अरु के पी ओली हरुले अरु प्रचण्ड हरुले होइन, हामीलाई त्यो हाइयरएजुकेसन लिम्बु स्टडिज मा दिदैन त्या त, त्यो त तिही हुनुपर्छ त्यो त, त्यो त एता ल्याउनु हो भने त बर्बाद हुन्छ, अनि मलाई भित्र लागेको थ्यो क्या, नो नो नो नो, त्यो हुनु हुदैन।

स्मरण रहोस वहाले हाइयर एजुकेसन भनेर सिक्किममा लिम्बु भाषाको स्नाकोत्तर सम्म पढाई हुने व्यवस्थालाई संकेत गर्नु भएको हो।

*****

अब के त? भबिश्यमा हामी कसरी अगाढी बढ्ने?

नेपालको नया ‘संघिय’ संबिधानले भाषा सम्बन्धी मागहरु पुरा गरिसकेको हुनाले यी संघर्षको कुरा गर्न औचित्य छैन भन्नेहरु पनि छन् । हो अहिले ‘सबै मातृभाषा राष्ट्रभाषा’ हुने संबिधानमा उल्लेख छ । कतिपय सांसदहरु मातृभाषामा सपथ खाएको पनि देख्यौ । मातृभाषालाई जोगाउन बिद्यालयमा पठनपाठन गरिने पनि योजना बनाइयो । तर २२ बर्ष सम्ममा पनि मेलम्चीको पानी ल्याउन नसक्ने हाम्रो नेपालमा सरकारी तहबाट आवस्यक स्रोतसाधन उपलब्धन हुदा यस योजनालाई कार्यान्बयन गर्ने हैसियत र इच्छा शक्ति शाशन बर्गले नराखेको महशुस हुन्छ।

यी बाधा अड्चनहरुलाई सामना गर्नको लागि राजनीतिक पहल संगसंगै हामीले सामाजिक, सांस्कृतिक अनि मनोबैज्ञानिक तरिकाले पनि पहल गर्न आवस्यक देखिन्छ।कुनैपनि बिमारको उपचार गर्न पहिला बिमारी छ भनेर स्वीकार गरेपछि मात्र उपचारको प्रक्रिया अर्थात् डा. लिम्बुको भाषामा भन्दा माङ्गेना एउटा healing proccess अगाढी बढाउन सकिन्छ।

यो हिलिङ्ग प्रोसेस चै के जुनु पर्यो भने, जस्तो यो भन्दा पहिले, हाम्रो याक्थुंगहरुलाई, भने पछि पेन कसको छ, सफरिंग कसको छ भन्दा खेरि हाम्रो माइनोरिटीहरुलाई गरियो होइन, अब यो मोमंट भनेको चै हिलिङ्ग मोमंट हो, यल्लाई चै हामीले हिल गर्नु पर्छ। हिल गर्ने वेस हरु चै के हो त भने पछि त्यै हो, हामी डिबेटमा आउनु पर्यो डीसकसनमा आउनु पर्यो, नेगोसिएसनमा आउनु पर्यो, तपाइले हामीले अघि इम्प्लाई गर्नु भए जस्तो त्यो पेनमा रहेको अब त्यो भनेको चै हामी इन्डीजिनस पिपल र याक्थुङ्ग हरु मात्रै होइनौ त्यहाँ चै हाम्रो खस आर्यन दाजु भाई दिदि बहिनिहरु, गरिबहरु छन नि, उनीहरुपनि छन होइन, तेलले गर्दा खेरि चै अहिले आएर पहिले फिसिकल्ली ह्यु मिलेट गरेको, डोमिनेट गरेको, क्याप्चर गरेको, टरचर गरेको, एक्जीक्युट गरेको, देश बाट चै देश निकाला गरिएको सन्तति हरु र अहिलेको पेन भनेको जुन एउटा मैले अघि भने मोर लाइक साइकोलोजिकल पेन छ र तपाइको भर्बल पेन छ भर्बल अब्युज छ, संबिधान आफ्नै पाराले लेख्छन, हामीलाई एक्सक्लुड गर्छन, तिमार्को भाषा पढौ भन्छन, तिम्रो संस्कृति जोगाऊ भन्छन एक पैसाको सपोर्ट छैन, संस्कृत भनेको एउटा डेड लनगुएज को लागि चै मिलिओन्स अफ मिलिओन्स डलर खर्च गर्छन, त्यो हिसाबमा चै हाम्रो याक्थुङ्ग हरु, हाम्रो मिनोरिटी हरु, हाम्रो इन्डीजिनस पिपल हरु हामी आफै आफै मिलेर आफ्नै हिसाबले पनि कसरी हुन्छ हाम्रो कल्चरको हामीले माङ्गेना गर्नु पर्छ, माङ्गेना भनेकै हिलिङ्ग हो । त्यलाई हामीले के त आफ्नो बडी को हिलिङ्ग गर्नु पर्यो, कल्चरको हिलिङ्ग गर्नु पर्यो, संस्कारको हिलिङ्ग हार्नु पर्यो, हामी एक अर्कामा चै मिल्नु पर्यो, के शब्दले जोडदा खेरि एक हुन्छ त्यसको पनि कन्सेप्ट लिनु पर्छ

लिम्बु भाषामा माङ्गेनाको अर्थ ‘सिर उठाउनु’ हुन्छ । यहि बिसय वरिपरि रहेर २०१७ मा साहित्यकार युग पाठकले ‘माङ्गेना: नेपाल मन्थन’ नामक गैर आख्यानको किताब लेख्नु भएको थियो।वहाले सेतोपाटी पत्रिकालाई दिनुभएको अन्तरबार्ताको सानो अंश म उद्धृत गर्छु,

हामी कहाँ सांस्कृतिक हिसाबले विभन्न समुदाय उपेक्षित भएका छन्।वर्ण व्यवस्थाका हिसाबले दलितहरू उपेक्षित भएका छन्।कयौं सन्दर्भमा एकथरी बाहुनहरू अर्को थरी बाहुनको उपेक्षामा परेका छन्।किसान-मजदुर राज्यको उपेक्षामा परेका छन्।यस्तो विभेदयुक्त हाम्रो सांस्कृतिक-राजनीतिक विरासत छ जहाँ धेरै मानिसको शीर झुकेको छ।यसरी धेरै मानिसको शीर झुकेको समाजको प्रगति हुँदैन भन्ने हाम्रै देशको इतिहासले देखाएको छ।त्यसैले समाजको प्रगतिको निमित्त यी समुदायका मानिसहरूको शीर उठाउनु जरूरी छ।मैले यो किताबमा यीनै प्रश्नहरू माथि काम गर्ने प्रयास गरेको छु।त्यसैले किताबको नाममा ङ्गेना राखेको हुँ।[xiii]

केहि साथी भाईहरु आदिबासी, मधेसी, दलित, महिला अनि उत्पीडित समुहको पहिचान, संघर्ष र आन्दोलनलेसमाजमा विभाजन र सांप्रदायिक दंगाल्याउन सक्ने आधारहीन कुरा पनि गर्छन ।

यो कुरालाई मैले भन्दा अझ राम्ररी आज भन्दा ३३ बर्ष अगाढी नै पद्मरत्न तुलाधरले यसरी तर्क गर्नु भएको थियो,

त्यो अंग्रेजी गीतको कार्यक्रम कसको लागि? त्यहाँ अंग्रेजी गीत बजाइन्छ बजाइन्छ बजाइन्छ बजाइराखेको छ, तर तामांग भाषाबाट उनीहरु दुइ वटा गीत बजाउदैनन, गुरुङ भाषाबाट दुइ वटा गीत बजाउदैनन, मैथिली भाषाबाट दुइ वटा गीत बजाउदैनन भने साम्प्रदायिक को हो? म भन्दछु साम्प्रदायिक रेडियो नेपाल हो, साम्प्रदायिक श्री पांच को सरकार हो। त्यसकारण हामी नेपाली जनता साम्प्रदायिक होइनौ, नेपली जनताका शत्रुहरु साम्प्रदायिक छन्। यहाँ कसैले साम्प्रदायिक भावना जगाउछ, यहाँ कसैले चुनाबको अभियान मा पदमा रत्नको, पदमा रत्नलाई हराउनको लागि साम्प्रदायिक नारा दिन्छ, साम्प्रदायिक भावना फ़ैलाउछ भने ती तत्वहरु नेपाली जनताका शत्रु हुन्, देश द्रोही हुन्।

स्मरण रहोस मानब सभ्यतामा कुनै पनि शोषक बर्गले शोषित बर्गलाई दया-माया ले स्वतन्त्रता, स्वाधिनता र अधिकार दिएको इतिहास छैन । यसको बिपरित अहिले सम्म आएकापरिबर्तन, स्वतन्त्रता, अनि अधिकारहरु समाजका सिमान्तकृत बर्गको संघर्षको उपज हो।अर्का थरि तर्क गर्छन, त्यो पहिले को समय नै त्यस्तोथियो । संसार भरि त्यस्ता मानब अधिकार बिरोधि काम हरु सबै ठाउमा भएका थिए । हो यस कुरालाई नकार्न सकिदैन तर जे भयो गलत भयो र ती गलत कामहरुका कारण आज हाम्रो समाज असामान् छ । त्यसैले यी ऐतिहासिक घटनाक्रमहरुलाई बिर्सनु रकुरा नउठाउनु अर्को गल्ति हुनेछ। मानब सभ्यताको इतिहास हेर्ने हो भने हाम्रो स्मरण शक्तिले थोरै काम गर्नेर फेरी फेरी त्यहि गल्ति दोहोर्याउने प्रबल सम्भावना भएकोले सिमान्तकृत समूहहरुका पक्षमा आवाज उठाउन, बहस गर्न नबिर्सिदा समाजलाई समान र न्याय संगत बनाउन मद्धत पुग्छ।

भाषा एउटा जीवित अनि आवश्यकता अनुसार, समय अनुसार निरन्तर परिबर्तन भएको, भैरहेको अनि भैरहने कुराहो। तपाई हामीले बोल्ने नेपाली, अंग्रेजी, मैथिली, नेवारी, गुरुङ, मगर, थारु, धिमाल, राई, लिम्बु सबै भाषाहरु परिबर्तन हुदै आजको रुपमा आएका हुन्। भनिन्छ नि, change is the only constant, परिबर्तन एकमात्र अपरिबर्तानशील कुराहो। हाम्रो संस्कार, हाम्रो भाषा समय अनुसार परिबर्तन भैरहनेछ, तर कुरा यति हो, परिबर्तन हुनको लागि बाच्नु चै पर्यो। अनि चुनौतीहरु पनि हामी रहेसम्म आइरहने छन् । फरक यत्ति हो कि ती चुनौतीहरुले अर्को कुनै रुप लिएर आउनेछन र ती अर्को रुप लिएर आएका चुनौतिहरुको लागि हामीले पनि आफ्नो संघर्ष र सामना गर्ने नीतिमा परिबर्तन ल्याउन जरुरी हुनेछ।

आजको परिपेक्षमा, हामीले सरकारलाई भाषा सिक्न सिकाउन उचित स्रोत साधन उपलब्ध गराउन दबाब दिन जरुरी छ। बालबालिकालाई सानै देखि मातृ भाषा बोल्न हौसला दिने र अरुको मातृ भाषाको कदर गर्ने संकृति बढाउन जरुरी छ।पुर्बी पहाडी नेपालमा त्यहाका आदिबासीहरुले सयौ वर्षा देखि एक अर्काको संकृति र भाषा सात-सात गर्दै आएको सुनिन्छ। उदाहरंको लागि मेरो बाबाको अनुसार, पानथरको तांगलेक्पामा हुर्किनु भएको मेरो बोजुले बान्तवा राई र लिम्बु भाषा उत्तिकै बोल्नु हुन्थ्योरे । त्यहाका राई र लिम्बुले एक अर्काको भाषा आफ्नै सरह बोल्थे । त्यस्तै उदाहरण देशको अन्य भाग हरुमा पनि छन्। विडम्बनाको कुरा आजको यो ‘ऊदारबादी’ समाजमा भने अरुको भाषालाई गिज्याउने, जिस्काउने अपरिपक्क ब्यबहार भएको सुन्दा दुख लाग्छ। अरुको त के कुरा पढेका भनौदा सिक्षकहरुले पनि बालबालिकाको मातृभाषाको नामलाई उल्टो सुल्टो पारेर बोलाइदिने गर्दा केटा-केटीमा हिनता बोध हुने सम्भावना बढी हुन्छ। केइ साता अघि मात्र कान्तिपुर पत्रिकामा साङ्मो योन्जन तामाङको ‘नामसँग केको हाँसो !’ भन्ने लेखमा उनी स्ययं लगायत अरुको अनुभब सुन्दा दुख लग्योर सिमान्तकृत समुदायहरुको भाषिक आन्दोलन अझै ताजै रहेको महसुस गरे। साङ्मो योन्जन तामाङको लेख पढ्न चाहनु हुन्छ भने यसको लिंक अन्तरिक्षको वेबसाईटमा पाउनु हुनेछ।यदि तपाई आफ्नो मातृभाषा बोल्न अप्ठ्यारो मान्नुहुन्छ भने त्यो तपाइको समस्या हो  । तर तपाइले आफ्नो मातृभाषा बोल्दा कसैले आँखा तर्छ या गिज्याउछ भने त्यो उसको चेतनाको प्रतिबिम्ब मात्र होइन त्यो एउटा हेटक्राइम पनि हो।हेर्नुस युके, अमेरिका जादा हामी अंग्रेजी सिक्छौ, कोरिया जादा कोरियन, खाडी मुलुकमा अरबी सिक्छौ भनेपछि, आर्थिक लाभको लागि त हामी भाषा सिक्न हिच्किचदैनौ रैछ, तर २०औ/३०औ वर्ष देखि बसेको नेवारी बस्तिमा नेपाल भाषा सिक्न किन चासो नदिने? या भनौ, बर्सौ अघि पहाडबाट झरेर मधेसमा जमिन्दार भएर बस्दा हुने तर आफ्नो वरिपरि बोल्ने थारु, मैथिली, भोजपुरी, बज्जिका, उर्दु, अवधिलाई कुनै चासो नदिने?

मान्छेले एक भन्दा बढी भाषा बोल्नु एकदम सरल कुरा भएको मानिन्छ, यसै सन्धर्भमा Marie Thaut भन्नुहुन्छ,

Bilingual brain is the normal state of the human brain, humans aren’t meant to be mono-lingual, in fact its only in last couple hundred years where humans have existed monolingually with this idea of one nation, one religion, one language and there was political campaigns to eliminate all other languages than the national language. That’s only been past 200, 300 years, so, the human brain isn’t meant to be mono-lingual, there’s a saying among some linguist that, ‘mono-lingualism is curable’, so mono-lingualism is curable, learn a language. So this idea of, you know, bilingualism is normal, it’s natural. Its normal to speak one language in the home and perhaps another language in the market.

‘एक भाषीबादको उपचार गर्न सकिन्छ दोश्रो भाषा सिक्नुहोस’, Marie भन्नुहुन्छ, दोभाषी या बहुभाषी दिमाग हुनु मस्तिस्कको सामान्य अवस्था हो र एकभाषीको अवधारणा नया कुरा हो। यो अबधाराना उपनिबेसीहरुले मातृभाषाहरु नष्ट गर्न उपयोग गरेको भनि उल्लेख गर्नु हुन्छ।

भबिष्य र भबिष्यबादको कुरा गर्दा, मलाई लाग्छ यसमा कला अनि साहित्यले ठुलो भूमिका खेल्न सक्छ। कुनै पनि activism मा सक्रियतावादमा संगीत, कला र साहित्यको प्रयोग नौलो कुरो भने होइन, तर नेपाली साहित्यमा, indigenous futurism अर्थात् आदिबासी भाबिश्यबाद त परै जाओस sciencefiction सम्बन्धि पनि एकदमै थोरै या न्युन काम भएका छन्। यदि साहित्यमा कलम चलाउने, या चलचित्रमा काम गर्ने, दिदिबहिनि दाजुभाई कसैले यो पोडकास्ट सुनीराख्नु भाकोछ भने please please please तपाइहरुले यो विधामा योगदान दिनुभयो भने भविष्यका बैज्ञानिक, सर्जक, अन्वेषक अनि एक्टिभिस्टहरुले तपाईलाई मुरीकामुरी धन्यबाद दिनेछन।यदि तपाइले आफ्नो sciencefiction, speculativefiction मा लघुकथा लेख्नु भाको छ भने, र लेख्नु भयो भने please हामीलाई इमेलमा पठाउनु होला,हामीलाई राम्रो लागे अवस्य पनि यो पडकास्टमा पनि प्रस्तूत गर्ने छौ।

भविष्यको लागि हामीले गर्नु सक्ने अर्को काम भनेको मातृभाषाहरुलाई टेक्नोलोजीसंग समीकरण गर्दै लैजाने हो। यसको अर्थ भाषालाई टेक्नोलोजी सुहाउदो होइन कि त्यसको बिपरित भाषालाई अनुकुल टेक्नोलोजी विकास बिस्तार गर्दै लानु जरुरी छ ।अझ लिखित रुपमा भन्दा पनि sound and image ध्वनि र दृश्य सम्बन्धि टेक्नोलोजीमा विकास भए भाषा बाचिरहने प्रबल सम्भावना हुन्छ।

सन्१९७७ मा NASA ले Voyager१ र Voyager२ नामक दुइटा अतरिक्ष यान प्रक्षेपन गर्यो । यी दुइ यानहरुमा नब सभ्यताले निर्माण गरेको बस्तुहरुमा अहिले सम्म सबैभन्दा टाढा १४४ AsronomicalUnit अथवा, १५.३ अरब किमि प्रति घण्टा ६१००० किमिको गतिमा यात्रा गरिरहेको छ।Voyager१ ले २०१२ मा र Voyager२ २०१८ मा सुर्यको प्रभाव अन्त भै सुरु हुने Interstellarspace मा प्रबेस गर्यो ।खगोलबिद Carl Sagan को सक्रियतामा यी दुवै यानमा Golden Records जडान गरिएको छ जसमा तस्बिर, संगीत, विभिन्न आवाजहरु संगसंगै ५५ वटा विभिन्न भाषाहरुमा अभिबादन गरिएको रेकर्ड पनि छ। यी रेकर्डहरु अर्को सभ्यताले पाउने सम्भावना धेरै  नभएपनि यो सांकेतिक अभिव्यक्तिले हाम्रो भाषा अनि बिबिधताको महत्वलाई प्रष्ट दर्शाएको छ।

Illustration of Voyager spacecraft, and golden record on the right. Image- NASA

म के दोहोर्याउन चाहन्छु भने भाषा प्रतिको प्रेम र यसको निमित्त संघर्ष पहिचान, समानता, संस्कृतिको लागि मात्र नभएर मानबको हैसियतले हामीको हौ भन्ने पनि हो।

कल्पना गर्नुहोस यस्तो भविष्यको जहाँ हामी एक अर्कासंग आफ्नै मातृभाषामा कुरा गरेपनि bio-technology को सहायताले गर्दा एक अर्को मातृभाषा आफ्नै सरह बुझ्छौ ।

कल्पना गर्नुहोस यस्तो भविष्यको जहाँ भिन्नतासंग त्रास होइन उल्लास मनाइन्छ ।बिबिधतालाई छाती खोलेर अंगिकार गरिन्छ ।

कल्पना गर्नुहोस यस्तो भविष्यको जहाँ अर्को कुनै तारामण्डलमा तपाई आफ्नो मातृभाषाको रमाइलो रोचक कुरा अर्को सभ्यातालाई सिकाउनु हुनेछ।

हामी जतिजति परिदृश्यहरु विस्तृत रुपमा कल्पना गर्न सक्छौ, उति धेरै ती कल्पनाहरु साकार हुने सम्भावना बढ्नेछ।

*****

आजको हाम्रो अन्तरिक्षको ताराहरु, डा मारोहांग लिम्बु, मेख लिम्बु, तारा मानन्धर, मेरी थठ, अनि संयुक्त श्रेष्ठलाई धेरै धेरै धन्यबाद।

कार्यक्रममा सुन्नु भएको Dr Lera Boroditsdky को lecture tedx बाट र Shasta Mandan को अन्तरबार्ता Sally Thompson को फिल्म “Why Save a Language” बाट लिइएको हो।

आजको कार्यक्रममा सुन्नु भएको संगीत मध्ये, Max Richter को ‘on the nature of daylight ‘, Fuzzscape Production  का राजन श्रेष्ठ र रोहित शाक्यको ‘Manang’ र Ranzen को “JOSH Baaki Chhai feat। CK Lal” अनि विश्व शाहीको Folk Songs and Soundscapes from Nepal बाट ‘पुर्बेली’ र ‘Realisation’ संगीत तपाइले सुन्नु भयो। आफ्नो संगीत प्रयोग गर्न अनुमति दिनुभएकोमा वहाहरुलाई धेरै धन्यबाद। यस बाहेक सुन्नु भएको बाकि sound  र music अन्तरिक्ष team को थियो।

अन्तरिक्ष भनेको स्क्रिप्ट सम्पादनमा प्रकाश सुनुवार, sound सम्पादन, design मा विश्व शाही र म producer and host सुबाश थेबे लिम्बु ।

यदि तपाइलाई यो पोडकास्ट राम्रो लाग्यो भने कृपया यसलाई निरन्तरता दिनको लागि donation दिएर सहयोग गर्नु भयो भने हामी एकदम खुसी । अझ सक्नुहुन्छ Patreon मागएर महिनाको १ डलर भए पनि निरन्तर रुपले सहयोग गर्नु भए हामी अझ खुसि हुने थियौ। यसको लागि अन्तरिक्षको वेबसाइटमा या फेसबुक पेजमा जानुहोला जहाँ तपाइले यस एपिसोडको सम्पूर्ण transcript र further reading material पनि पाउनु हुनेछ। यदि आर्थिक हैसियतले सहयोग गर्ने स्थितिमा हुनु हुन्न भने पनि ठिकै छ । एस्तो कार्यक्रम मन पराउने आफ्नो परिवार, साथी भाईलाई काने खुसी गरिदिनु भयो भने पनि म एकदम खुसी हुनेछौ। नया एपिसोडको लागि थाहा पाउन social  media  मा like  गर्न नबिर्सिनु होला।

आजको अन्तरिक्ष उडान यहि टुंग्याउछु, धन्यबाद!

याम्मु तादीआंग तुमिरह पछिरो, नुगेन!

>>>>>>>>

email- [email protected]

Follow us on facebook page https://www.facebook.com/antariksapodcast/

Paypal donation link- https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=ZNAK98F7FCNF6&source=url

Patreon – https://www.patreon.com/antariksa?alert=2

Soundcloud – https://soundcloud.com/antariksaspace

End notes


[i]Petigura, E. A.; Howard, A. W.; Marcy, G. W. (2013). “Prevalence of Earth-size planets orbiting Sun-like stars”Proceedings of the National Academy of Sciences110 (48): 19273–19278

[ii]Sanders, R. (4 November 2013). “Astronomers answer key question: How common are habitable planets?”newscenter.berkeley.edu.

[iii]Schneider, J. “Interactive Extra-solar Planets Catalog”The Extrasolar Planets Encyclopedia. Retrieved 1 February 2019.

[iv]Khan, Amina (4 November 2013). “Milky Way may host billions of Earth-size planets”Los Angeles Times. Retrieved 5 November 2013.

[v]Rethinking Modern Human Origins. Erin Wayman. SmithsonianMag https://www.smithsonianmag.com/science-nature/rethinking-modern-human-origins-5370343/

[vi]UNESCO Atlas of the World’s Languages in Danger http://www.unesco.org/languages-atlas/index.php?hl=en&page=atlasmap

[vii]https://www.un.org/esa/socdev/unpfii/documents/Factsheet_languages_FINAL.pdf

[viii]“Why Save a Language” (2006) Director-Sally Thompson. https://www.youtube.com/watch?v=x7BLBUS1IXc

[ix]Indigenous Peoples Day: What can be done to save dying languages?David Child. AlJazeera/Feature. https://www.aljazeera.com/indepth/features/indigenous-peoples-day-save-dying-languages-180808201751875.html

[x]What the World Will Speak in 2115. John H. McWhorter. The Wall Street Journal. https://www.wsj.com/articles/what-the-world-will-speak-in-2115-1420234648

[xi]UNESCO Atlas of the World’s Languages in Danger http://www.unesco.org/new/en/culture/themes/endangered-languages/atlas-of-languages-in-danger/

[xii]The Race to Save the World’s Disappearing Languages, Nina Strochlic. The National Geographic. https://news.nationalgeographic.com/2018/04/saving-dying-disappearing-languages-wikitongues-culture/

[xiii]पृथ्वीनारायण शाहसँग राष्ट्र निर्माणको कुनै चेतना थिएन. युग पाठक https://setopati.com/art/interview/64819

>>>>>>

Further readings and media

Delinking, Relinking, and Linking Methodologies: A Glimpse of Kirat-Yakthung (Limbu) Language, Writing, and Literacy by Marohang Limbu. http://joglep.com/files/6715/4043/3906/Limbu-DRL-Final-Final.pdf?fbclid=IwAR0IpVtOUinqpwqhrtwKkXfcSqHgzVCcuyiqUi0wCXKuyiCESV4eq7_nV64

MARGINALIZATlON OF INDIGENOUS LANGUAGES OF NEPAL. Govinda Bahadur Tumbahang, http://himalaya.socanth.cam.ac.uk/collections/journals/contributions/pdf/CNAS_37_01_04.pdf

Revisiting History in Language Policy: The Case of Medium of Instruction in Nepal Miranda Weinberg University of Pennsylvaniahttps://repository.upenn.edu/cgi/viewcontent.cgi?article=1246&context=wpel

Change languages, shift responses; Study of bilinguals suggests such switches can help to shape preferenceshttps://news.harvard.edu/gazette/story/2010/11/change-languages-shift-responses/

Voyager real time datas https://voyager.jpl.nasa.gov/

नामसँग केको हाँसो, साङ्मो योन्जन तामाङ. कान्तिपुर https://www.kantipurdaily.com/opinion/2019/03/14/155253177342368703.html

Padma Ratna Tuladhar’s audio accessed from Kiran Sayami’s recording available at Youtube.

>>

Artree Nepal’s “Biparit Sapanaharu; Opposite Dreams- The Politics of Local” exhibition tour video from Freepress Nepal https://www.facebook.com/freepressnepal/videos/208990646694454/UzpfSTI5NTc1OTY5MDU5MjAzNDoxMTYxOTM1NTgzOTc0NDM2/

Further links for this episode’s guests

>>>>>>>>>

Mekh Limbu

More about the artisthttps://tumsamekh.wordpress.com/web-writing/

Follow Mekh on Instagram https://www.instagram.com/mekh_limbu/

More on Artree Nepal https://www.facebook.com/Artree-Nepal-295759690592034/

image courtesy – artist

E. Marie Thaut

Marie documents languages from around the world, she currently maintains Sylheti project at SOAS (School of Oriental and African Studies) London https://sylhetiproject.wordpress.com/2017/11/10/story-collection-to-storybook-producing-community-material/

Sanyukta Shrestha

Sanyukta has recently published a book, “Fragments of Nepali History in the UK’ Feel free to contact him through his facebook page here https://bit.ly/2Ui7bbP

image courtesy- Sanyukta Shrestha

www.000webhost.com